गोलो अनुहारमा चट्ट, दाडी देखेपछि
तिमी पछि लागिहाल्यौ, गाडी देखेपछि
उसै राम्रो जिउडाल तिम्रो, यसै राम्रा वस्त्र
कामुक भएँ फुलबुट्टे, साडी देखेपछि
के थामिन्थ्यो मेरो मन, आतुर थियो पूरै
तिम्रो तनमा योवनको, बाढी देखेपछि
सबको जान्छ सातोपुत्लो, डर लाग्न थाल्छ
तिमीलाई भने उत्तेजना, झाडी देखेपछि
वर्षा मासको झरी म त, मन त्यतै गयो
मनमा तिम्रो पिरतीको, खाडी देखेपछि
विनोद विवश
कुश्मीसेरा १, बागलुङ
