जातीय हिंसा दन्केर आगो बल्दैछ
कठै ! मेरो देश खै कसरी चल्दैछ
आमा, कति बोकूँ छातीमा देशको माया
जिउँदै तिम्रो छोरो सडकमा जल्दैछ
कसरी मुस्कुराउन् लुम्बिनी, सगरमाथा ?
छिमेकीले कालापानी, सुस्ता छल्दैछ
गृहयुद्धमा फस्न लागिसकेछ राष्ट्र
प्रतिपक्षी भन्छ, उ सरकार ढल्दैछ
तिम्रै भूमिमा जन्मेर तिम्रै मान्छेले
बुद्ध, तिम्रै मुहारमा कालो दल्दैछ
विनोद विवश
कुश्मीसेरा १, बागलुङ
२०७२-०५-०८