तिमीले भन आफ्नो ज्यान फाल्न पनि तयार छु म
आफ्नो चिता तिम्रो सामु बाल्न पनि तयार छु म
तिमीलाई घरको परिवारको साथ मिल्छ भने
भर्खर सिन्दुर सिउँदोमा हाल्न पनि तयार छु म
सजिने हो भने साँच्चै दुलहीको भेषमा तिमी
उप्किएका घरका भित्ता टाल्न पनि तयार छु म
मलाई पाल्न सक्दैन कि भन्ने तिमी सोच्छ्यौ भने
अहिले बाटै एउटा जागिर थाल्न पनि तयार छु म
जति दुख परोस् सानु सहुँला म बरु कसम
तिमीलाई सुनकै महलमा पाल्न पनि तयार छु म
विनोद विवश
कुश्मीसेरा १, बागलुङ
२०७० बैशाख ०२
