तिमीलाई भेट्नु केवल वहाना थियो
सदैव आफ्नो बनाउने चाहाना थियो
के गरेर गाँसौ मैले सम्बन्धको डोरी
नजिक आउँछ्यौ कि भन्ने कामना थियो
बोल्न डराउँथे रे केटा केटी पहिले
त्यस बेला छुट्टै एउटा जमाना थियो
किन किन तिमी तिरै ढल्किराथ्यो मन
सुस्त सुस्त खिच्ने एउटा वासना थियो
डोली ल्याई तिमीलाई आफ्नो बनाउने
छ वर्ष देखि निरन्तर साधना थियो
विनोद विवश
कुश्मीसेरा १, बागलुङ
(सबै हरफहरु १४ अक्षरमा)

super bro. continue !!!
super bro. continue !!!