Skip to content

तिम्रो सत्र


तिम्रो सत्र मेरो बीसले मतायो
अस्तिको एउटा किसले मतायो

गएको बेला नगरकोट घुम्न
अकस्मात्को त्यो वारिषले मतायो

सेक्सी देखाउने त्यो तनका लुगा
फूलबुट्टे वान पिसले मतायो

धेरै थिए पैसा राख्ने ठाउँहरू
तिम्रो अनौठो साजिशले मतायो

सँगै मागेको एउटा वरदान
प्रभुको त्यही आशिषले मतायो

(सबै हरफ १२ अक्षरमा)

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *