ऊ ! त्यो निष्ठूरीलाई पनि कहिलेकाहीँ सताउने गर
ए आँशुहरू ! मेरा पनि पीडा बगाउने गर
सहरीया छोरोलाई बूढी आमाले खबर पठाइन्
बाटो पिच भयो बाबु अब गाउँ आउने गर
आफू खुसी हुन लाखौँ करोडौँ चाहिन्छ भने
भगवानलाई पनि दश रुपैँया चढाउने गर
व्यापार गर्न मिल्छ भने ए व्यापारीहरू हो !
गोदामबाट उसका यादहरू बिकाउने गर
उनलाई भेट्ने अब सपनामा नै त हो नि
आँखाहरू हो, आजदेखि दिउसो पनि निदाउने गर
©विनोद विवश
कुश्मीसेरा १, बागलुङ
