Skip to content

मुकुन्द पौडेल

जीवनको जटील मोडमा साथ दियौ तिमीले

जीवनको जटील मोडमा साथ दियौ तिमीले
दु:ख झेल्दा सहयोगको हात दियौ तिमीले

सारथीबिनाको एक्लो जीवन यात्रा गर्दा
सँगसँगै अघि बढ्ने बात दियौ तिमीले

आफ्नै मान्छेलाइ पनि पराइ देख्छ मान्छे

आफ्नै मान्छेलाइ पनि पराइ देख्छ मान्छे
जति सहयोग गर्यो उल्टै टाउको टेक्छ मान्छे

स्वार्थि दुनिया यस्तै छ कसलाइ के भन्नु खै
अरुको प्रगतिको बाटो मात्र छेक्छ मान्छे

सधै भरि अरुको आलोचना गरेर नथाक्नेले
सत्यकुरा तोडमोड गरी झुटा कुरा लेख्छ मान्छे

आफुलाइ महान ठान्छ गर्न केहि नसके नि
दिनरात घमन्डको राप सेक्छ मान्छे

अरुको लुट्न खोज्छ आफ्नो दिन्न रौं पनि
गुन सबै बिर्सिएर घांटी अंचेट्छ मान्छे

मन भित्र नै मरिसके मनका सबै रहरहरु

मनभित्र नै मरिसके मनका सबै रहरहरु
जताततै सुकिसके खुसीका नहरहरु

सफलताका सिंढीहरु भत्किन थालेपछि
भित्र भित्रै खुम्चिसके उमङ्गका लहरहरु

चाहिन म तिम्रो झुठो माया जालमा फँस्न

चाहिन म तिम्रो झुठो माया जालमा फँस्न
त्यसैले त सकिन म तिम्रो दिलमा बस्न

स्वार्थी तिम्रो भावना नबुझेको कहाँ हो र?
त्यसैले त खोजिन म त्यो मुटुमा पस्न

देश जलाएर खरानीमा रमाउन खोज्नेहरू खबरदार

देश जलाएर खरानीमा रमाउन खोज्नेहरू खबरदार
मुलुकलाई पुन गृहयुद्धमा फर्काउन खोज्नेहरू खबरदार

आन्दोलनको नासो संबिधानसभा रातारात ढलाएर
जनतालाई प्रतिगमन थमाउन खोज्नेहरू खबरदार

सिङ्गो देशले एकैस्वरमा भन्नुपर्छ अब

सिङ्गो देशले एकैस्वरमा भन्नुपर्छ अब
जेठ १४ मै संबिधान बन्नुपर्छ अब

अरु कुनै बिकल्प नै छैन हामी संग
सहमतिको गोरेटो खन्नुपर्छ अब

सर्बोच्चले तोकिदियो जेठ १४ नै अन्तिम भनी
कति घन्टा बांकि छ गन्नुपर्छ अब

सधैभरि दोधारमा किन पर्छौ नेता तिमी
कुनबाटोमा देशलाइ लाने छान्नुपर्छ अब

अहिलेको उपलब्धि नि गुम्ने त होइन कतै?
जनबिरोधि शक्तिसंग लड्नुपर्छ अब

देश हाम्रो एउटै हो हिमाल होस् या पहाड तराइ

देश हाम्रो एउटै हो हिमाल होस् या पहाड तराई
हामी सबै नेपाली हौं कोही छैन यहाँ पराइ

थरि थरि जात जाति छन् थरि थरि भेषभुषा
रगत हाम्रो एउटै हो गुरुङ हुन् या थारु, दराई

फेरि भिषण युद्धतिर तानिने पो होकि देश

फेरि भिषण युद्धतिर तानिने पो होकि देश
असफल राष्ट्रको सूचिमा छानिने पो होकि देश

दिनहुं जसो हुनथाले बन्द हड्ताल चक्कजाम
बन्दै बन्दको जन्जिरमा बांधिने पो होकि देश

ॠणै ॠणको भारीले थिचिसक्यो मुलुकलाइ
बिदेशीको भिखले मात्र धानिने पो होकि देश

रोकिएन बेरुजु र अनियमितता अझै पनि
भ्रष्टाचारीको मुलुक भनि जानिने पो होकि देश

मेटिदैछन् बुद्धका पाइलाहरु धर्तिबाट
बिश्वकै अशान्त ठाउं मानिने पो होकि देश

अभाव र पीडामा बांच्नु पर्दा रुन्छिन् सहिदकी आमा

अभाव र पीडामा बांच्नु पर्दा रुन्छिन् सहिदकी आमा
छोराको मृत्यु सम्झेर भावबिह्वल हुन्छिन् सहिदकी आमा

बलिदानलाइ सत्ताको भर्याङ मात्र बनाउनेहरुको
भ्रष्टरुप देख्दा आंखा थुन्छिन् सहिदकी आमा

शान्तिको नाउंमा परिबर्तनका थुप्रै एजेन्डाहरु
छोड्दै गएको खबर सुन्छिन् सहिदकी आमा

पार्टी भित्रको स्वार्थि गुट उपगुट देखेर
धिक्कार्दै हातले निधार छुन्छिन् सहिदकी आमा

तैपनि छोराको सहादतले सार्थकता पाउने आशमा
आंफुलाइ सम्हाल्दै आंसु धुन्छिन् सहिदकी आमा

भित्री मन फाटेपछि टुट्यो नाता तिमीसंग

भित्री मन फाटेपछि टुट्यो नाता तिमीसंग
अन्तै दिल साटेपछि टुट्यो नाता तिमीसंग

देउरालीमा संगै जिउने कसम खाको बिर्सिएर
अन्तै बिहे आंटेपछि टुट्यो नाता तिमीसंग

निमुखाको पसिनामा पौडी खेल्न खोज्दै
धनको डोरी बाटेपछि टुट्यो नाता तिमीसंग

मन भित्रको मन्दिरमा अर्कै फोटो सजाएर
मेरै कुरा काटेपछि टुट्यो नाता तिमीसंग

आंफु बस्ने गाउंघरको झुपडीलाइ हेला गरी
ठुलै महल ताकेपछि टुट्यो नाता तिमीसंग

संबिधानबाट पछाडि फर्किने ठाउँ छैन अब

संबिधानबाट पछाडि फर्किने ठाउँ छैन अब
यो वा त्यो बहानामा तर्किने ठाउँ छैन अब

होस नैं गुमेको छ शान्ति भाँड्न खोज्नेहरूको
षड्यन्त्रका छिटाहरू छर्किने ठाउँ छैन अब

सबैतिर सुख शान्ति छाओस् नयां बर्षमा

सबैतिर सुख शान्ति छाओस् नयाँ बर्षमा
हरेकमा जोश जाँगर पलाओस नयाँ बर्षमा

नखसोस् गरिबका आँसु नहोस पेट भोको कतै
मिठो नमिठो सबैले दुइछाक पाओस नयाँ बर्षमा

प्राणभन्दा प्यारो राष्ट्र यो फुटाउन नखोज कसैले

प्राणभन्दा प्यारो राष्ट्र यो फुटाउन नखोज कसैले
सबैको मुटुको ढुकढुकी हो यो टुटाउन नखोज कसैले

थरि-थरि जात जाति छन् थरिथरि भेषभुषा
सबैको साझा फुलबारी यो लुटाउन नखोज कसैले

हर्ष, उमङ्ग उत्साह बोकेर आओस् है नयां बर्ष यो

हर्ष, उमङ्ग उत्साह बोकेर आओस् है नयाँ बर्ष यो
हत्या, हिंसा काटमार रोकेर आओस् है नयाँ बर्ष यो

सुख संबृद्धितर्फ मुलुक बढोस् नहोस् द्वन्द कतै
ब्यक्तिगत स्वार्थ र इर्श्या ठोकेर आओस है नयाँ बर्ष यो

अब कहिल्यै भोग्नुनपरोस निरङ्कुसताका रातहरू

अब कहिल्यै भोग्नु नपरोस निरङ्कुशताका रातहरू
अब कहिल्यै खानु नपरोस सामन्तका लातहरू

अधिकारका निम्ति ज्यान गुम्यो दशौं हजारको
अब कहिल्यै देख्नु नपरोस् निर्दोष लासका खातहरू

दिगो शान्ति र संबिधान खोजिरहेछ देशले

दिगो शान्ति र संबिधान खोजिरहेछ देशले
निरन्तर् बिकासका अभियान खोजिरहेछ देशले

सधैँ अरुको गुलामी र चाकडी मात्र होइन
स्वतन्त्रता र आत्मसम्मान खोजिरहेछ देशले

सानो जाति भनि गाउँमा हेला गर्छन् अँझै

सानो जाति भनि गाउँमा हेला गर्छन् अँझै
नजिक बस्न खोज्यो भने पर सर्छन् अँझै

गाउँको साझा पँधेरो नि छोईने रैछ क्यारे
हामीलाइ टाढा रोकी एक्लै पानी भर्छन् अँझै

गुन्द्रुक ढिडो भए पनि सँगै बसी खाउँला आमा

यसपालीको नयाँ सालमा घर फर्की आउँला आमा
गुन्द्रुक ढिडो भए पनि सँगै बसी खाउँला आमा

पसिना बगाएर कति बस्नु पराइ देश
आफ्नै जग्गा खनजोत गरी खेतीपाती लाउँला आमा

दिनहुँ नशाको मातमा रमाउदैछन् मन्त्रीहरू

दिनहुँ नशाको मातमा रमाउँदैछन् मन्त्रीहरू
कसैले बियर कसैले हुइस्की समाउँदैछन् मन्त्रीहरू

न त छ जनताको डर न प्रधानमन्त्रीको
अधारातसम्म भट्टीमा अड्डा जमाउँदैछन् मन्त्रीहरू

दुश्मनका अगाडि झुक्दैनन् स्वाभिमानी युवाहरु

दुश्मनका अगाडि कहिल्यै झुक्दैनन् स्वाभिमानी युवाहरू
समुद्रको छाल जस्तै कहिल्यै सुक्दैनन् स्वाभिमानी युवाहरू