मुकुन्द पौडेल
न्यायाधिसको पदवी भिरी शक्ति केन्द्र नडूल
न्यायाधिसको पदवी भिरी शक्ति केन्द्र नडूल
न्यायको आखाँ छोपी अन्त कतै नभूल
च्यातिदेऊ मैलिएको राजनीतिको जामा अब
आस्था भए मनमै राख बाहिर कतै नखूल
नमेटाऊ अदालतका मान्यता र अस्तित्वलाइ
स्वतन्त्रभै रहन देउ हस्तक्षेप नहूल
न्याय जोख्ने तराजुको डन्डी कमजोर बनाएर
अवसरबादको घाम ताप्दै लठ्ठिएर नझूल
सर्ब सुलभ निसाफ दिई जोगाइ राख गरिमा
प्रलोभनमा नपरी जनबिश्वास बटूल
हजार कोशिश गर तिमी फर्किदैन राजतन्त्र
हजार कोशिश गर तिमी फर्किदैन राजतन्त्र
सयौँ सागर तर तिमी फर्किदैन राजतन्त्र
धार्मिक भ्रमण भन्दै सुरु भो राजनिति
जति भ्रम छर तिमी फर्किदैन राजतन्त्र
पुज्दै हिड्छौ देव देवि ढोग्दै हिड्छौ मन्दिर
जहाँ शरण पर तिमी फर्किदैन राजतन्त्र
फुक्लि सक्यो श्रीपेच भत्किसक्यो बिरासत
लाखौ घडा भर तिमी फर्किदैन राजतन्त्र
कहिले धनगदी,भैरहवा त कहिले सिमरा
जतासुकै झर तिमी फर्किदैन राजतन्त्र
गरिबको दुख,कष्ट पीर देख्दा दुख्यो मन
गरिबको दुख,कष्ट पीर देख्दा दुख्यो मन
भोको अनि नाङ्गो त्यो शरीर देख्दा दुख्यो मन
भारी बोक्दै उकाली चढ्नु पर्ने दिन भरि
चर्को घाममा अग्लो त्यो भीर देख्दा दुख्यो मन
सहनु पर्ने साहुको हप्कि ॠणको भाखा ननाघ्दै
अभाबले निहुरिएको शीर देख्दा दुख्यो मन
हली बसी भकारी भर्नु पर्छ अर्कैको
छाक टार्न नपुग्ने जागीर देख्दा दुख्यो मन
क को अक्षर नचिनी बित्ने भो जिन्दगी
भाग्यले ठगेको तक्दीर देख्दा दुख्यो मन
सहिदको रगत अझै सुकेको कहाँ छ र?
सहिदको रगत अझै सुकेको कहाँ छ र?
बलिदानी झन्डा हाम्रो झुकेको कहाँ छ र
बाटो केहि बदलियो लक्ष्य सम्म पुग्नलाइ
क्रान्तिको यात्रा हाम्रो रुकेको कहाँ छ र
ढल्न अझै बाँकी छन् जनताका दुश्मनहरु
लाएपछि निसाना चुकेको कहाँ छ र
गणतन्त्रको खोल ओढी चोखिन खोजेपनि
सामन्तका अपराधहरु लुकेको कहाँ छ र
रक्सी उहि पुरानै छ बोतल मात्र नयाँ
हिजोका बन्धनहरु फुकेको कहाँ छ र
सधैभरी तिम्रो मुहार हँसाउनेछु आमा
सधैभरी तिम्रो मुहार हँसाउनेछु आमा
हृदयमा सेवाभाव पसाउनेछु आमा
बिर्सिएको छैन दुधको भारा तिर्न बाँकी छ
सानो आफ्नै घर बनाइ बसाउनेछु आमा
आफु नखाइ सन्ततीलाइ खुवाएको सम्झी सम्झी
तिम्रा सबै दुख पीर खसाउनेछु आमा
चिफ्लने छैन कहिल्यै कर्तब्यको पथबाट
तिम्रो त्यो आदर्सलाइ सजाउनेछु आमा
बुढेसकालमा बेसाहरा हुन दिने छैन तिमीलाइ
मनमा कुनै संका भए हटाउनेछु आमा
सहिदको बलिदानको उपहास नहोस्
सहिदको बलिदानको उपहास नहोस्
आन्दोलनको उपलब्धि जुवातास नहोस्
गरिब-धनी बीचको खाडल गहिरिंदै छ अझै
समानताको नारा केबल बकबास नहोस्
थामिएनन् असहायका आंखाबाट बग्न आंसु
बिपन्नलाइ भोको नाङ्गो आभास नहोस्
आधुनिकताको नाउँमा भित्रिंदैछ छाडापन
आफ्नै रीति संस्कृतिको बिनास नहोस्
जनताको अभिभावक बन्नु पर्छ सरकार
केहि गर्न नसक्ने जिउँदो लास नहोस्

कुर्सीकै खेल गर्ने भए नआऊ नेता भोट माग्न
दमनको अभ्यास थाल्न नखोज