Skip to content

दिगो शान्ति र संबिधान खोजिरहेछ देशले


दिगो शान्ति र संबिधान खोजिरहेछ देशले
निरन्तर् बिकासका अभियान खोजिरहेछ देशले

सधैँ अरुको गुलामी र चाकडी मात्र होइन
स्वतन्त्रता र आत्मसम्मान खोजिरहेछ देशले

सबै जात जातिको समान अधिकारको निम्ति
कहिल्यै द्वन्द गर्नु नपर्ने निदान खोजिरहेछ देशले

दासताका बन्धनहरू सधैको निम्ति चुँडालेर
पुर्खाहरूको जस्तै स्वभिमान, शान खोजिरहेछ देशले

संघीयतात्मक नयाँ नेपालको नारा सार्थक हुने
अर्को एउटा राष्ट्रिय गान खोजिरहेछ देशले

Leave a Reply

Your email address will not be published. Required fields are marked *