Skip to content

मन भित्र नै मरिसके मनका सबै रहरहरु


मनभित्र नै मरिसके मनका सबै रहरहरु
जताततै सुकिसके खुसीका नहरहरु

सफलताका सिंढीहरु भत्किन थालेपछि
भित्र भित्रै खुम्चिसके उमङ्गका लहरहरु

उराठ लाग्छन् बस्तिहरु जहां यात्रा गरेपनि
न गाउँ रमाइलो छ न छन् राम्रा शहरहरु

उज्यालो भबिष्यको पर्खाइमा बस्दाबस्दै
दिन पनि लाग्न थाल्यो औंसी रातका प्रहरहरु

आफ्नो पनि पराइ बन्छन् स्वार्थि यो संसारमा
किन किन अमृत लुकाइ दिन खोज्छन् जहरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *