Skip to content

प्राणभन्दा प्यारो राष्ट्र यो फुटाउन नखोज कसैले


प्राणभन्दा प्यारो राष्ट्र यो फुटाउन नखोज कसैले
सबैको मुटुको ढुकढुकी हो यो टुटाउन नखोज कसैले

थरि-थरि जात जाति छन् थरिथरि भेषभुषा
सबैको साझा फुलबारी यो लुटाउन नखोज कसैले

हिमाल पहाड तराइ मधेस सबै प्यारो लाग्छ हामीलाइ
अरु छोडी मधेसको नारा मात्र उठाउन नखोज कसैले

गाड्न दिन्नौं बिषालु नङ्ग्रा पवित्र यो भूमिमा
राष्ट्रघाती स्वरहरू जुटाउन नखोज कसैले

संघीयतासहितको नयाँ नेपाल बनाउनु पर्छ अब
संबिधानमा यो कुरा छुटाउन नखोज कसैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *