Skip to content

जीवनको जटील मोडमा साथ दियौ तिमीले


जीवनको जटील मोडमा साथ दियौ तिमीले
दु:ख झेल्दा सहयोगको हात दियौ तिमीले

सारथीबिनाको एक्लो जीवन यात्रा गर्दा
सँगसँगै अघि बढ्ने बात दियौ तिमीले

निराशाको भूमरीमा पिल्सिएको जीवनलाई
उमङग र उत्साहको प्रभात दियौ तिमीले

बाँचुन्जेल दुई मुटु नछुट्टिने प्रण गर्दै
जीवनभर नाता जोड्ने गाथ दियौ तिमीले

अभाव र पीडामा दर्होसँग काँध थाप्दै
सधैभरि रमाउने सौगात दियौ तिमीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *