Skip to content

दिनहुँ नशाको मातमा रमाउदैछन् मन्त्रीहरू


दिनहुँ नशाको मातमा रमाउँदैछन् मन्त्रीहरू
कसैले बियर कसैले हुइस्की समाउँदैछन् मन्त्रीहरू

न त छ जनताको डर न प्रधानमन्त्रीको
अधारातसम्म भट्टीमा अड्डा जमाउँदैछन् मन्त्रीहरू

वाकुन्जेल खाएपनि लाग्दोरहेनछ कुनै लाज
बेहोसी तालमा कर्मचारी थर्काउँदैछन् मन्त्रीहरू

गाउँमा उपचार नपाई मर्दैछन् जनता
आफू भने अकुत कमाउँदैछन् मन्त्रीहरू

पेट्रोल बढ्यो भाडा बढ्यो बढ्न् बाँकी छैन केही
जनतालाई महङ्गी थमाउँदैछन् मन्त्रीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *