Skip to content

सबैतिर सुख शान्ति छाओस् नयां बर्षमा


सबैतिर सुख शान्ति छाओस् नयाँ बर्षमा
हरेकमा जोश जाँगर पलाओस नयाँ बर्षमा

नखसोस् गरिबका आँसु नहोस पेट भोको कतै
मिठो नमिठो सबैले दुइछाक पाओस नयाँ बर्षमा

नहोस कसैलाई दुख नहोस् कसैलाई पीर
सबैको दुख पिडा हराओस् नयाँ बर्षमा

नहुन कोही नाङ्गा ढाकियोस आङ सबैको
सबैले एकजोर लाउन पाओस नयाँ बर्षमा

अबिश्वासको खाडल हटोस् नहोस् झगडा अब
जनताले चाहेको संबिधान आओस् नयाँ बर्षमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *