सन्तोष तिमल्सिना
दशैं असत्यमाथि सत्यको विजय
हिन्दु धर्मावलम्वीहरूको महान चाड दशैं नेपालीहरूको र आँगनमा भित्रिन लागेको । गाँउदेखि शहरसम्म क्रमिक रुपमा दशैंको चहलपहल सुरु हुन थालिसकेको छ । सबै जना यति बेला यसपालीको दशैं कसरी मनाउने भन्ने योजना बनाउन थालिसकेका छन । अनि बिदेशिएकाहरू पनि दशैंमा घर फर्कनकै लागि यतिबेलादेखि नै सामानहरू पोको पार्दै होलान् । बालबालिकाहरू दशैंको टिका लगाउन मामाघर जाने दिनको प्रतिक्षामा हातका औलाहरू गन्न थालिसकेका छन । किसान मजदुर अफिसर लगायतका सबै जना यति बेला दशैंका लागि जोहो गर्न थालिसकेका छन ।
तीज पर्व र चेली माईतीको सम्बन्ध
हिन्दु नेपाली नारीहरू तीज पर्वलाई बिषेश महत्वका साथ मनाउने गर्दछन । धार्मिक विश्वास, मान्यता र परम्पराको आधारमा नारीहरू आफ्नो पतिको सुख, समृद्धि, सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै व्रत बसी पूजा आराधाना र नाचगानका साथ यो चाड मनाउने गर्दछन । तीजमा अधिकांश हिन्दु नेपाली नारीहरू आफ्नो सौभाग्यको कामना गर्दै अन्नपात र फलफूल मात्र होईन, शुद्ध पानी समेत मुखमा नहाली निराहार व्रत बस्ने गर्दछन । धर्म, सँस्कृति र परम्पराप्रति कट्टर आस्था, विश्वास र भरोसा राख्ने स्वाभिमानी चेलीहरू शरीरलाई सास्ती दिएर भोक–भोकै सकि नसकि व्रत बसी पतिप्रतिको भक्तिभाव र गुनगान सधैँ भगवानसँग पुकारी रहनछन । बिशेषत, बुढापाका र कन्याकेटीहरूका लागि भन्दा पनि विवाह गरेर पराई घर गएका चेलीहरूका लागि तीजको छुट्टै महत्व रहेको पाईन्छ ।
दुई मुक्तक
(१)
छ सय एकलाई संविधानसभा मोज हुन थाल्यो ।
भष्टचार त यिनका लागि पोज हुन थाल्यो ।
महंगीले दिनानु दिन जनताको डाड सेकिदा समेत,
राष्ट्रिय धन त यिनका लागि भोज हुन थाल्यो ।
(२)
गर्मी हुँदा पिई हाल्ने कोक होईन माया ।
रीस उठ्दा देखाई हाल्ने झोक होईन माया ।
उमेर बढ्यो, जवानी लाग्यो वैंशको प्यास मेटाउन,
जुन बेला पायो त्यही बेला खाने भोक होईन माया ।
चुडिएको प्रेमको माला
चुडिएको प्रेमको माला कस्ले होला सजाउने
उदाङ्गो त्यो झुपडीबाट मनमा बास बसाउने
सास्ती भई म छट्पटिंदा ऊ चाँही भने हाँस्दै थिई रे
संसारको रीत नै यस्तो अरुको पीडामा रमाउने
मन भित्र माया नै मायाको शितल दिने छहारी थियो
त्यही छहारी नि ढल्न लाग्दा कोही भएन समाउने
आँशु मेरो बग्दै थियो रोदन झन–झन बढ्दै थियो
आत्मा मेरो जल्दा पनि कोही भएनन् सम्झाउने
धन थिएन दिउँ भने मन थिएन टाढा हुने
मायामा डंडेलो लगाई गयौ वन थिएन निभाउने
सागरको उषा
- « Previous
- 1
- 2
