म रुँदा तिमीले आँशु झार्नु पर्दैन बुझ्यौ
धाउँदिन भो भो मायाको संगार बार्नु पर्दैन बुझ्यौ
भन्थेउ सँगै जिउँछु अनि तिमीसँगै मर्छु म त
मुटुमा तेजाव छर्केर गयौ मार्नु पर्दैन बुझ्यौ
चोखो माया दिँदा तिमीलाई बदलामा अाँशु पाँए
जिन्दगी मैले हापी सके तिमीले हार्नु पर्दैन बुझ्यौ
बगर बनाई जिन्दगी मेरो हाँस्दै तिमी सागर तर्यौ
प्रपीडन दियौं किनारावारी भो तार्नु पर्दैन बुझ्यौ
पत्थरको तीर हानी मायाको झुपडी ढलाई गयौं
धनमा रमेको तिम्रो प्रेम मनमा सार्नु पर्दैन बुझ्यौ
