हर्ष अनि उल्लाससंगै उमङ्गको जाल बनोस
अब आउने नयाँ बर्ष समृद्धिको साल बनोस
एकातिर विस्तारवादले देशको सिमा मिचिँदैछ
जातियताको नारा उढाई सुन्दर नेपाल टुक्रिदैछ
विखण्डनको खाडल हैन एकताको ताल बनोस
अब आउने नयाँ बर्ष समृद्धिको साल बनोस ।।१।।
देशको विकास गर्ने रकम कमिशनको भेल बग्दा
इमानदारको खिल्ली उढाई पूर्वाग्रहको खेल चल्दा
देशको धन रित्याउनेलाई भष्ट्राचार काल बनोस
अब आउने नयाँ बर्ष समृद्धिको साल बनोस ।।२।।
विर सहिदको वलिदानले नयाँ नेपाल रोजेको छ
भाइचार र सदभावसंगै संविधान खोजेको छ
हिमाल पहाड तराई मधेश सबको साझा खाल बनोस
अब आउने नयाँ बर्ष समृद्धिको साल बनोस ।।३।।
