थाहा नपाई मन मनिदरमा सजाउछु उनलाई
उनको यादमा तड्पी बाँच्दा पीडा आफैँ मनलाई
कुरिराख्थे सधै उनलाई साँझ विहान दोबाटोमा
साथ पाउने आश थ्यो मलाई जिन्दगीको गारेटोमा
किन होला आज मलाई उनको साथ प्यारो लाग्छ
उनी विना एक क्षण पनि श्वास फेर्न गाह्रो लाग्छ
उनी भए पुग्छ मलाई अर केही चाहिदैन
सुख दिन नसके नि रन पक्कै दिने छैन
चाँदनीको ज्योती छर्ने पूर्णिमाको जुनलाई
कलेजीमा सजाएँ मैले जुनी जुनी उनलाई
प्रणय दिवसको शुभकामना
