चुडिएको प्रेमको माला कस्ले होला सजाउने
उदाङ्गो त्यो झुपडीबाट मनमा बास बसाउने
सास्ती भई म छट्पटिंदा ऊ चाँही भने हाँस्दै थिई रे
संसारको रीत नै यस्तो अरुको पीडामा रमाउने
मन भित्र माया नै मायाको शितल दिने छहारी थियो
त्यही छहारी नि ढल्न लाग्दा कोही भएन समाउने
आँशु मेरो बग्दै थियो रोदन झन–झन बढ्दै थियो
आत्मा मेरो जल्दा पनि कोही भएनन् सम्झाउने
धन थिएन दिउँ भने मन थिएन टाढा हुने
मायामा डंडेलो लगाई गयौ वन थिएन निभाउने
सागरको उषा