काभ्रे जिल्लाकै सबैभन्दा अग्लो ठाँउ नारायणस्थान यतिखेर पर्यटकहरूकौ पर्खाइमा रहैको छ । पर्यटकीय दृष्ट्रिले काभ्रेकै मुटु मानिने नारायणस्थान नेपाल सरकारले एक बर्ष अघि नैपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन बर्ष सन् २०११ आन्तरिक तथा बाह्य पर्यटकहरूकौ प्रतिक्षामा रहैको छ । नेपालको मेरुदण्ड बनेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको महाभारत पर्वत प्राकृतिक सम्पदा र जैविक विविधताको असिम भण्डारको साथै यस पर्वत शृंखलाको सर्वौच्च शिखर पर्यटकीय सम्भाव्यतालै भरपुर छ । यस महाभारत पर्वत शृंखला भौगोलिक अवस्थितिका हिसाबले पनि साह्रै मनोरम र मौलिक छ । यसै पर्वत शृंखलाको सर्वाधित उच्च शिखर ढुंखर्क गाविसमा अवस्थित बेथाञ्चोक नारायणस्थान काभ्रे लगायत महाभारत लेकका समग्र पहाडी जिल्लाहरूको प्रतिनिधि पर्यटकीय स्थान हो । उपत्यकासंग सिमान जोडिएको र काठमाण्डौ उपत्यकाबाट नजिककैकौ जिल्ला काभ्रैको दक्षिणी भेगको ढुंखर्क गाविसमा अवस्थित नारायणस्थान ढुंखर्कबासीहरूका लागि मात्र हैन काभ्रे आसपासकै चर्चित नाम हो ।
पर्यटकीय हिसाबलै काभ्रेकै महत्वपूर्ण ठाँउ नारायणस्थानबाट पश्चिमको धौवलागिरीदेखि पूर्वतर्फ विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु हिमशृंखलाको साथै दक्षिणतर्फ भारतको बिहारमा दुरविनका सहायताले रेल कुदिरहेको दृष्यहरू देख्न सकिन्छ । चारैतिर भिरालो पहाडी भू–भागको टुप्पामा करिब १ हेक्टर क्षेत्रफलको समथर जमिनमा अवस्थित मल्लकालमा बनेको सुन्दर मन्दिर रहेको यस क्षेत्रलाई हरियाली वनजङ्गल, डाँडाकाँडाका साथै तराईका रमाइलो दृष्यावलोकनका लागि यपर्युक्त थलाको रुपमा लिन सकिन्छ । यहाँबाट पहाडी भू–भाग,तराईका रमाइला र समथर दृष्यहरू र हिमशृंखलाहरू एकै नजरमा हेर्न र देख्न सकिन्छ । यसका साथसाथै ललितपूरको फुलचोकी डाँडा, काभेको धुलिखेल, पनौती, बनेपा र तिमाल क्षेत्र एकै चोटी देख्न सकिन्छ भने पूर्वतर्फ ओखलढुङ्गा, सिन्धुलीमाडी, दित्तेल बजार, धनकुटा, चैनपुर लगायतको टाढाटाढाका स्थानहरू पनि नाङ्गो आँखाले स्पष्टसंग देख्न सकिन्छ । अझ बिशेष त रातमा तराई तथा भारतको विहार राज्यहरूमा बलेका झिलिमिलि बत्तिहरू समेत देख्न सकिन्छ । तराईका सुन्दर फाँटहरूका साथै उच्च पहाडी भू–भाग र हिमशृंखलाहरू महाभारत लेकको यो रमणीय ठाँउबाट हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत हुने गर्दछ । नैपाल सरकारलै घोषणा गरैकौ नैपाल पर्यटक बर्ष सन् २०११ कौ आगमनलाई काभ्रैली लगायत आसपासका जिल्ला तथा गाविस र केही आन्तरिक पर्यटकहरूलै समेत यस स्थानबाट पर्यटन बर्षकौ भव्य स्वागत गरैका थिए । पर्यटन बर्षकौ स्वागतका लागि काभ्रैको ढुंखर्क गैल्डुङ्ग बजारबाट झण्डै ५ घण्टाको पैदल यात्रा गरी करिब ४ सय जना आन्तरिक तथा बाह्य पर्यटकहरूलै नयाँ बर्ष स्वागत गरैका थिए । ३०१८ मिटरको अग्लो स्थानमा परेको हिँउ र मुटु नै छुने खाल्को चिसो हावाको कुनै प्रवाह नै नगरी पर्यटन बर्षकौ स्वागत गर्न पाँउदा सहभागि सबै खुशी दैखिन्थे । नारायणस्थानको मात्र नभई समग्र जिल्लाकै पर्यटकीय क्षैत्रहरूको प्रचार प्रसार गर्ने उद्दैश्यले तेस्रो आँखा नेपालले उक्त पदयात्रा कार्यक्रमकौ आयोजना गरेको थियो । यसै अवसरमा यस संस्थाले काभ्रे सम्भावित पर्यटकीय क्षैत्रहरूको प्रचार प्रसारका लागि काभ्रेपलाञ्चोक पर्यटन घोषणापत्र समेत जारी गरेको थियो ।
नेपालको प्राकृतिक, साँस्कृतिक, जेविक एवं मानव निर्मित सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै नेपालाई विश्वमान चित्रमा आकर्षक र रमणीय स्थलको रुपमा विकास गर्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्वीक दृष्टिकोणले समेत महत्वपूर्ण र पर्यटकीय सम्भावना बोकेको काभ्रेपलाञ्चोक जिल्लालाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने भनि तेस्रो आँखा नेपालले वि.स २०६७ साल पौष १७ अर्थात सन २०११ जनावरी १ (नयाँ बर्ष) को शुभारम्भसंगै महाभारत पर्वत श्रृखलाको सबैभन्दा अग्लो स्थान बेथाञ्चोक नारायणस्थानबाट २८ बुँदे काभ्रेपलाञ्चोक पर्यटन घोषणा पत्र–२०६७ जारी गरेको थियो । उक्त घोषणा पत्रको पहिलो बुदामा काभ्रेपलाञ्चोक जिल्लाको सर्वोच्च शिखर बेथाञ्चोक नारायणस्थान क्षेत्र तथा समग्र महाभारत पर्वत शृंखला क्षेत्रको पर्यटकीय सम्भावनाहरू खाजी गर्दै यस क्षेत्रमा प्रयाप्त पैदल माग, दृष्यावलोकन केन्द्र, भ्यू टावर निमार्ण सहित पर्यटन सम्बन्धि पूर्वाधार विकास गर्न पहल गर्नेछौ भनी उल्लेख गरिएको छ । जारी घोषणा पत्रमासमग्र महाभारत पर्वत शृंखलालाई भौगोलिक विविधता र वनस्पति तथा वन्यजन्तुहरको अध्ययन गर्ने पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रतिबद्धता समेत जाहेर गरिएको छ । घोषणा पत्रको प्रश्तावनामा समेत काभ्रे नारायणस्थानको पर्यटकीय स्थलको विकासका साथै प्रचारप्रसार बारे उल्लेख गरिएको छ ।
काभ्रे जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा जातीय विविधताको प्रचार प्रसारका साथै सम्भावित क्षेत्रहरूमा ट्रेकिङ, ¥याफ्टीङ, होम–स्टे, जस्ता प्रशस्त पर्यटकीय सम्भाव्यताको खाजी गरी त्यसको पूर्वाधार विकासको लागि जिविस लगायतका सरकारी निकाय तथा यससंग सम्बन्धित संघ संस्थाहरू यसका लागि जुन योजना र कार्यक्रमहरू सहित अघि बढ्नु पर्ने हो त्यो गतिमा अघि बढ्न सकिरेका छैनन् । पर्यटन बर्ष सन् २०११ मा १० लाख पर्यटक नेपाल भित्र्याउने नेपाल सरकारको लक्ष्य रहेकोमा त्यसमध्ये १० प्रतिशत पर्यटक काभ्रेमा भित्र्याउने यहाँका पर्यटनसंग सम्बन्धि संघ संस्था तथा पर्यटन व्यावसायीहरू लक्ष्य रहेको थियो । सोही अनुरुप पर्यटन बर्षलाई भव्य रुपमा मनाउन जिल्ला विकास समिति काभ्रे, पर्यटनसंग सम्बन्धित विभिन्न संघ संस्था तथा पर्यटन व्यावसायिहरूकेही हदसम्म लागि परेका थिए ।
नारायणस्थानमा पर्यटक आगमनको समस्या
काभ्रे जिल्ला तथा महाभारत पर्वत शृंखलाके सबैभन्दा अग्लो स्थान भएर पनि नारायणस्थानमा जति पर्यटकहरूकौ आगमन हुनु पर्ने हौ त्यो गतिमा अघि बढ्न सकिरहेको छैन । शान्त र मनोरम वातावरण, स्वच्छ र ठन्डा हावापानी, हरीयाली वनजङ्गल, चारैतिर डाँडाकाँडा, उपत्यका जस्तो सानो बजार लगायत अनुपम प्राकृतिक सौन्र्दता जस्ता बिशेषता बौकेको नारायणस्थानमा पर्यटकहरू फाटफुट रुपमा आउने जाने गरेता पनि अपेक्षि रुपमा यहाँ आउने पर्यटकहरूको संख्यामा वृद्धि हुन सकिरहेको छैन । बिहानीको सूर्योदय, साँझपखको सूर्यास्त र दिवाकरको चम्किलो हिम शृंखलाहरू समेत स्पष्ट देख्न सकिने नारायणस्थानमा पर्यटकहरूको आगामन नहुनु भनेको पर्यटनसंग सम्बन्धि सबैका लागि लज्जास्मक कुरा हो । घना वनजङ्गल, चट्टानयुक्त कडा पहाडी चुचुराहरू आकाशतिर हावाको मन्ध झोक्काहरूसंगै टुक्रिएका बादलका स–साना टुक्राहरू हरयिाली खोचहरू अनि त्यहाँबाट देखिने ढुंखर्कको सुन्दर गाँउ बस्तीहरू हेर्दा यो स्थान साँच्चै नै स्वर्गको एक टुक्रा नारायणस्थान अथाह प्राकृतिक सम्पदाको धरोहर मान्न सकिन्छ । बर्षा ऋतुमा लाने गुम्म बादले अनि शरद ऋतुमा चल्ने शिर्शिरे चिसो हावासंगै र हिँद याममा पर्ने कञ्चन हिँउहरूसंगै नारायणस्थान प्राकृतिक रुपम ानै सिङ्गारिने गरेको छ । यहाँका वनहरूमा राताम्बे पारी फूल्ने लालिगुँरास र कोइलीको कुहु–कुहु मधुर स्वरहरूले यहाँँ आउने पर्यटकहरूको स्वागत गरिरहेको हुन्छ । यहाँका झार बुट्यान र जडिबुटीहरूले पर्यटकहरूको आगमनको प्रतिक्षा गरिरहेको छ । चारैतिर पहाडी भू–भागले ढाकेको र बिचमा यपत्यका जस्तै सुन्दर बस्ती रहेको ढुंखर्कको बजार बस्तीहरू अनि डाँडापारीको प्राकृतिक छटहाहरूले सबैको ध्यान त्यतैतिर केन्द्रत गर्दछ । क्षितिजपारीका यि मनोरम दृष्यहरू हेर्नेहरूको आँखा कहिल्य थाक्दैन । तर विडम्बना प्रकृतिको यस्तो अनुपम उपहार पाएर पनि नारायणस्थान पर्यटन बर्षमा समेत पर्यटकहरूको पर्खाई बस्न विवस छ । भखरै मात्र विकासको बाटो फड्को मार्न लागेको ढुंखर्क गाविसका विद्युत, सञ्चार, यातायत र शिक्षाको क्रमिक रुपमा विकास भएता पनि पर्यटन विकासका लागि पूर्वाधार विकास भने प्रर्याप्त मात्रामा हुन सकिरहेको छैन ।
