Skip to content

तिम्रो मेरो माया

  • by


तिम्रो मेरो माया आज दुनियाँलाई हाँसो भयो
देउरालीमा खा’को कसम शत्रुताको पासो बन्यो

तिम्रो मेरो माया आज …

सँगै जिउने सँगै मर्ने हामी दुईको बाचा थियो
पवित्र यो मिलनमा कुन पापीको आँखा लाग्यो
तिम्रो मेरो माया आज फूल बिच काँडा भयो

सुखी जीवनको सपना बसन्दै माया गाढा हुँदै गयो
त्यही माया नि छुट्टिएर क्षितिज जस्तै टाढा भयो
तिम्रो मेरो माया आज खडेरीको बगर भयो
आँशु बनी पग्लिएर खुशी सबै सागर भयो

तिम्रो मेरो माया आज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *