Skip to content

सदानन्द अभागी

देवताले दिने गर्थे

  • by

देवताले दिने गर्थे रिस उठे शाप सधैं
अवशेष अझै छ है पापाग्निको राप सधैं

आँफै साँढे भए पछि जे जे गरे हुने रैछ
भष्मासुर पछि लागे तिन्ले कस्छन् टाप सधैं

सम्झन्थे मैले तिमीलाई

  • by

सम्झन्थे मैले तिमीलाई चाँदनीपूर्ण रात प्रिया
तिमीमा आयो असाध्य नै थामिनसक्नु मात प्रिया

आज कथा व्यथा बढ्दै जाँदा बढ्दै गयो शूल हेर
शूलको मूलको कारणले बढ्दै गयो घात प्रिया

समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना

  • by

समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलविम्ब, गजलदीप, गजलयात्रा (१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो।

चिन्तनको पदयात्रा

  • by

चिन्तनको पदयात्रा तन मन राप
उच्चाइमा पुग्नलाई चाहिन्छ लौ नाप

अघि बढ्नु पर्छ पर्छ इतिहास हेर्दै
अघि पछि लाग्न सक्छन् जीवनमा साँप

ढल्दैन स्वाभिमान कसै गरे पनि

  • by

बि. सं २०६४ साल कार्तिक २२ गते –’आदरणीय दाजु सदानन्द अभागीज्यूमा सादरोपहार’ को रूपमा प्राप्त भएको यो ‘ढल्दैन स्वाभिमान कसै गरे पनि’ गजलसङ्ग्रहको आज दुईचार शब्द लेख्ने प्रयास गर्दै छु। बरिष्ठ गजलकार धनराज गिरीका हरेक शब्दहरूले हामी सबैलाई आकर्षण गर्ने क्षमता छ। उनी जुन ठाउँमा आशनग्रहण गर्दछन्। त्यही ठाउँमा त्यही वातावरणमा गजल सृर्जना गर्दछन्। उनका हरेक गजलका शेरहरू तथा शब्दावलीले मानव मन जित्ने गर्दछन्। यस्ता गजहन गजलकारको गजलकारिताले हामी सबैको मन छुनु स्वभाविक हुन्छ।

‘विद्रोही काले’ महाकाव्यको एक झलक

  • by

पिता पं भीमप्रसाद शर्मा कट्टेल र माताा लीलादेवीका सुपुत्र सोमराज उपाध्याय कट्यालद्वारा रचित महाकाव्य को नाम हो “विद्रोही काले”। सोमराज उपाध्यय कट्याल को जनम १९९८ साल फाल्गुन महिना छ गते मंगलबार ढुङ्गेधारा गौरीगाउँ सङ्खुवासभा, कोशी अञ्चलमा भएको र आफ्नै जन्म जिल्लाको परिवेशमा उहाँले लेख्नु भएको छ यो महाकाव्य। यो महाकाव्य ४६४ पृष्ठको छ। यसको प्रकाशन जुही प्रकाशन, झर्रो नेपाली घर चन्द्रगढी झापाले गरेको छ र मूल्य रु १०५० मात्र छ। यो महाकाव्यको लेखन थालनी २०२३ सालमा गरिएको भए तापनि महाकाव्यको लेखन २०३६ साल बैशाखमा समाप्त भएको र प्रकाशन भने २०६५सालमा भएको छ।

‘जगदम्बा’ महाकाव्यको बिबेचना

महाकाव्यकार माधव वियागीको यो जगदम्वा महाकाव्य भन्दा पहिला खण्डकाव्य गजल कवितासङ्ग्रह छन्द बचाउँ अभियानको धोषणापत्र बालकथा गजलसङ्ग्रह गीतसङ्ग्रह निबन्धसङ्ग्रह छन्दशिरोमणि महाकाव्य र धर्मराज महाकाव्यको साथै थुप्रै विविध लेख रचनाहरू प्रकाशित भैसकेका छन् ।