सदानन्द अभागी
नारीहस्ताक्षरमा तेस्रो स्थान ओगटेको पश्चताप लघुउपन्यास
परिचय
मायादेवी सुब्बाद्वारा सिर्जित ”पश्चताप” लघु उपन्यास पहिलो संस्करण विष्णु राईले (गोरखपुर) सम्बत २०२० र दोस्रो संस्करण २०६६ सालमा नइ प्रकाशनले प्रकाशन गरेको छ । कृतिको आकार ५२ पृष्ठको छ । यसको मूल्य पचास रुपियाँ छ । कृतिको अघिल्लो आवरणमा मायादेवी सुब्बाको तस्बिर छ भने पछिल्लो आवरण पृष्ठमा सौजन्य भनी श्रीमती मीना देवान जोशीको तस्बिरको साथै बरिष्ठ साहित्यकार इन्दिरा प्रसाईको पश्चतापको बारेमा अमूल्यवाणी पोख्नु भएको छ ।
गण्डर्षिका कविताहरू पढ्दा पढ्दै
डा. टंकप्रसाद न्यौपाने लेख्नु हुन्छ – ‘काव्य सृजना प्रेरणा र प्रकाशनमा अरुलाई उत्प्रेरणा दिई काव्यिक वातावरण निर्माणमा जुटिरहने गण्डर्षि समसामयिक कविता धाराका प्रयोगधर्मी अस्मितावादी कवि हुन् ।’
नवलपरासी साहित्य परिषदका अध्यक्ष विष्णु लामिछाने लेख्नु हुन्छ – ‘साहित्यकार भू. श.भ. गण्डर्षि जिल्लामा साहित्य कर्मी र पत्रकारहरूका गुरू हुनुहुन्छ ।’
शंकर बश्यालको नजरमा – ‘गण्डर्षिका रचनाहरूमा नवीन प्रयोग धर्मी, अस्मितावादी, उत्तर आधुनिकतावादी सिधान्त देखापर्दछ ।’
गोविन्दराज विनोदी लेख्नु हुन्छ –’कवि समालोचक भूपेन्द्र गण्डर्षि प्रयोगवादी अस्मितावादी कवि र प्रभावबादी समालोचक हुन् ।’
‘म गोपाल अर्थात गोपालहरू’भित्र पस्दा
परिचय
यो कवितासङ्ग्रका रचयिता हुन् वियोगी बुढाथोकी । यस कवितासङ्ग्रहमा एकसय आठवटा कविताहरू समावेश गरिएका छन् । हाम्रो धर्म संस्कृति आदिमा एकसय आठको व्यापक मान्यता दिएको पाइन्छ । स्वयं कृतिकारले पनि एकसय आठ अङ्कको विशेष र व्यापक महत्व हुने कुरा स्वीकारेका छन् । वियागी बुढाथोकी, पिता स्व कृष्णबहादुर बुढाथोकी र माता विष्णु बुढाथोकीको सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०११ जेठ ६ गते खड्काभद्रकाली, गा.वि.स, हात्तीगौडा, काठमाण्डौमा भएको थियो ।
जनमत प्रकाशनको कवितासङ्ग्रह प्रथम खण्डको विवेचना
जनमत प्रकाशनको कविता प्रथम खण्ड र दुतीय खण्ड, जनमतका प्रधान सम्पादक श्री मोहन दुवालबाट सादररूपमा, प्राप्त गरें । जनमत प्रकाशनको कविता प्रथम खण्डका सम्पादक मण्डलहरूमा छविरमण सिलवाल, गीता त्रीपाठी, नीलम कार्की ‘निहारिका’ सिर्जना दुवाल हुनुहुन्छ । सम्पादक मण्डलको अथक प्रयासले देशभरका साहित्यकारहरूका दुई दुईवटा कविताहरू र जीवनी समेतको एकीकृत रूपले जनमत कविताको पहिलो खण्ड –१ र खण्ड–२को जन्म भयो । जनमत कविताको पहिलो खण्डमा बि.सं १९८३ देखि २०१५ सालसम्मका १०७ जना साहित्यकारका २१४वटा कविताहरू समावेश भएका छन् भने खण्ड –२मा १०३ जना साहित्यकारका २०५ वटा कविताहरू समावेश गरिएका छन् । यस विवेचनामा खण्ड –१लाई समावेश गरिएको छ ।
