Skip to content

सदानन्द अभागी

आज अब लाग्दै छु

  • by

आज अब लाग्दै छु धनगढी तिर
कति सुन्दर बाटो छ डाँडा पाखा भीर

प्राकृतिक सौन्दर्यमा डडेलधुरा बोल्छ
प्राकृतिक सौन्दर्यमा बग्छ सुद्ध नीर

यात्रा गर्दा छुनु पर्ने हेर डोटी जिल्ला
सहयात्री अति राम्री ठोकिन गो शीर

सम योगी सम भोगी

  • by

सम-योगी सम-भोगी मान्न हुन्न पीर गोर्खे
सवलता प्राप्त हुन्छ उन्न हुन्न झीर गोर्खे

फुलौँ फलौँ जीवनमा प्रगतिको पथ बढ्छ
मुटु दिएँ ग्रहण गर हान्न हुन्न तीर गोर्खे

बासना छ मगमगी यौवनको बाग बीचे
वागपुष्पं प्रेम चुम्दा उच्च हुन्छ शिर गोर्खे

नारीहस्ताक्षरमा तेस्रो स्थान ओगटेको पश्चताप लघुउपन्यास

  • by

परिचय

मायादेवी सुब्बाद्वारा सिर्जित ”पश्चताप” लघु उपन्यास पहिलो संस्करण विष्णु राईले (गोरखपुर) सम्बत २०२० र दोस्रो संस्करण २०६६ सालमा नइ प्रकाशनले प्रकाशन गरेको छ । कृतिको आकार ५२ पृष्ठको छ । यसको मूल्य पचास रुपियाँ छ । कृतिको अघिल्लो आवरणमा मायादेवी सुब्बाको तस्बिर छ भने पछिल्लो आवरण पृष्ठमा सौजन्य भनी श्रीमती मीना देवान जोशीको तस्बिरको साथै बरिष्ठ साहित्यकार इन्दिरा प्रसाईको पश्चतापको बारेमा अमूल्यवाणी पोख्नु भएको छ ।

बैगुनीले यथार्थमा

बैगुनीले यथार्थमा भुलिदियो गुन प्रिया
गुन भन्दा संसारमा मँहगियो सुन प्रिया

परिवर्तन् छ संसार अस्ति, हिजो, आज हेर
दाँजी हेरौं आकाशमा कलामुखी जून प्रिया

समय र ज्वारभाटा लिन्छ आफ्नो गति सधैं
अर्थ विहीन पसिना वग्न जान्छ खुन प्रिया

गण्डर्षिका कविताहरू पढ्दा पढ्दै

  • by

डा. टंकप्रसाद न्यौपाने लेख्नु हुन्छ – ‘काव्य सृजना प्रेरणा र प्रकाशनमा अरुलाई उत्प्रेरणा दिई काव्यिक वातावरण निर्माणमा जुटिरहने गण्डर्षि समसामयिक कविता धाराका प्रयोगधर्मी अस्मितावादी कवि हुन् ।’
नवलपरासी साहित्य परिषदका अध्यक्ष विष्णु लामिछाने लेख्नु हुन्छ – ‘साहित्यकार भू. श.भ. गण्डर्षि जिल्लामा साहित्य कर्मी र पत्रकारहरूका गुरू हुनुहुन्छ ।’
शंकर बश्यालको नजरमा – ‘गण्डर्षिका रचनाहरूमा नवीन प्रयोग धर्मी, अस्मितावादी, उत्तर आधुनिकतावादी सिधान्त देखापर्दछ ।’
गोविन्दराज विनोदी लेख्नु हुन्छ –’कवि समालोचक भूपेन्द्र गण्डर्षि प्रयोगवादी अस्मितावादी कवि र प्रभावबादी समालोचक हुन् ।’

युवा जोडी सिरक

  • by

युवा जोडी सिरकभित्र पसे जवानीमा
सारा रात बिताए छन् आफ्नै कहानीमा

बुढा बुढी गनगनी आफ्नै बुढौतीमा
छोरा चाँही डुब्न थाल्छ आफ्नै भवानीमा

बुढाबुढी डुब्नै थाले सम्झी भावी नाति
संसारको कर्म थलो अड्ने कमानीमा

डडेलधुरा अति राम्रो

  • by

डडेलधुरा अति राम्रो हेर देवजी
मन मुग्ध भयो हाम्रो हेर देवजी

सानो सानो बजारमा सबै खाले माल
भाऊ भने अति चाम्रो हेर देवजी

सुन्दरछन् घर गोठ चारैतिर हेर्दा
कृषक पेट रैछ दाम्रो हेर देवजी

विषाक्तका पाथीहरू

  • by

विषाक्तका पाथीहरू चुलिदैछन् धेर
गरिएका गल्तीहरू भुलिदैछन् धेर

पृथिवीको शयनमा झुल्नै पर्छ झुल
अग्रगामी बाटो छोडी डुलिदैछन् धेर

पुष्प मुना बोलाँदा

  • by

पुष्पमुना बोलाउँदा भाग्ने पर पर
मलजल राखिदिन्छु आऊ वर वर

मायामा नै यो संसार अडेको छ हेर
प्रेम गर छाती भर विशाल छ घर

‘म गोपाल अर्थात गोपालहरू’भित्र पस्दा

  • by

परिचय

यो कवितासङ्ग्रका रचयिता हुन् वियोगी बुढाथोकी । यस कवितासङ्ग्रहमा एकसय आठवटा कविताहरू समावेश गरिएका छन् । हाम्रो धर्म संस्कृति आदिमा एकसय आठको व्यापक मान्यता दिएको पाइन्छ । स्वयं कृतिकारले पनि एकसय आठ अङ्कको विशेष र व्यापक महत्व हुने कुरा स्वीकारेका छन् । वियागी बुढाथोकी, पिता स्व कृष्णबहादुर बुढाथोकी र माता विष्णु बुढाथोकीको सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०११ जेठ ६ गते खड्काभद्रकाली, गा.वि.स, हात्तीगौडा, काठमाण्डौमा भएको थियो ।

जनमत प्रकाशनको कवितासङ्ग्रह प्रथम खण्डको विवेचना

  • by

जनमत प्रकाशनको कविता प्रथम खण्ड र दुतीय खण्ड, जनमतका प्रधान सम्पादक श्री मोहन दुवालबाट सादररूपमा, प्राप्त गरें । जनमत प्रकाशनको कविता प्रथम खण्डका सम्पादक मण्डलहरूमा छविरमण सिलवाल, गीता त्रीपाठी, नीलम कार्की ‘निहारिका’ सिर्जना दुवाल हुनुहुन्छ । सम्पादक मण्डलको अथक प्रयासले देशभरका साहित्यकारहरूका दुई दुईवटा कविताहरू र जीवनी समेतको एकीकृत रूपले जनमत कविताको पहिलो खण्ड –१ र खण्ड–२को जन्म भयो । जनमत कविताको पहिलो खण्डमा बि.सं १९८३ देखि २०१५ सालसम्मका १०७ जना साहित्यकारका २१४वटा कविताहरू समावेश भएका छन् भने खण्ड –२मा १०३ जना साहित्यकारका २०५ वटा कविताहरू समावेश गरिएका छन् । यस विवेचनामा खण्ड –१लाई समावेश गरिएको छ ।

हाज भित्र जब पसे

  • by

जहाज भित्र जब पसे नमस्कार ठोकिन्
जहाज जब स्टार्ट भयो प्यूरी हेर बोकिन्

जहाजले भूइँ छाड्यो पाइलट लागे हाँस्न
गम्भिरता तिनमा आयो तिन्ले हाँसो रोकिन्

मैले सबै हेरेको छु लौ सबै काया कर्म
एकै नजर छाड्दै हेर यात्री मन जोखिन्