सदानन्द अभागी
ओजु र डाँफेबाल काव्यभित्र पस्दा
बि.सं. २०११ भदौ २० गते दाड्डसिङ, दहथुम गा. वि. स. स्याङ्जामा जन्मनु भएकी श्रीमती गंगा पौडेलको ओजु र डाँफे (बाल काव्य) लक्ष्मीस्मृति साहित्य समाज नवलपरासीलाई उपहार स्वरुप प्रदान गर्नु भएकोमा यस पंक्तिकार तथा लक्ष्मीस्मृति साहित्य समाजको तर्फबाट धन्यवाद दिन्छ ।
श्रीमती गंगा पौडेलको यो तेस्रो कृति र पहिलो काव्य हो । यो बालकाव्य (४० + १८)५८ पेजको छ नागार्जून साहित्य प्रतिष्ठान अनाम नगर काठमाण्डौले प्रकाशन गरेको यो दोस्रो संस्करण भएको पुष्टि प्रकाशकीयमा उल्लेख गरिएको छ ।
वर्षात् दर्लामीको ‘नदीको छेउ’ गजलसङ्ग्रह एक झलक
सिद्धारा -८, अर्घाखाँचीमा २०३९ बैशाख-३मा जन्मेका वर्षात् दर्लामीको नदीको छेउ गजलसङ्ग्रह प्राप्त भयो र यसलाई सङ्क्षेपमा केही लेख्ने मन लाग्यो । दर्लामीले यो सङ्ग्रहभन्दा पहिला तिम्रै यादमा भन्ने गजलसङ्ग्रह २०६०मा प्रकाशन गरिसकेका छन् । गजल, मुक्तक, कथा, कविता, उपन्यास (एउटा मोड जिन्दगीको) प्रकाशन भैसकेको छ । सबै विधामा हात चलिसकेको छ र गजल भने उनले साह्रै प्यारो बस्तुका रूपमा ग्रहण गरेका छन् ।
यस विवेचनामा मैले गजलको संरचना, परिभाषा आदिमा जानुभन्दा सिधै गजलकारको धारणा र गजलकारले रचेका गजल सम्बन्धमा प्रकाश पार्ने अनुमति चाहन्छु ।
आमा जानुहोस् कथासङ्ग्रहको सङ्क्षिप्त विवेचना
परिचय
आमा जानुहोस् कथासङ्ग्रहकी कृतिकार हुन् माया ठकुरी । माया ठकुरीको जन्म सन् १९४६ जुलाई २मा भएको र उनका हालसम्म ६बटा कथाका कृतिहरू प्रकाशनमा आएका छन् । इन्द्रधनुष (२०६१) उनको गीतसङ्ग्रह हो । माया ठथकुरी एउटा कथाकारमात्र नभएर सङ्गीतकार पनि हो । उहाँको नाम मैले अल इन्डिया रेडियोबाट सुन्न पाएको थिएँ भने २०६१ सालमा एक पटक जाउलाखेलमा सात्क्षातकार भएको थियो । उहाँको जीवनीको अध्ययन गर्दा जीवन संघर्षमा वितेको देखिन्छ । त्यो संघर्षको उपलब्धी आज उनका कथाहरू त्रिभुवन विश्वविद्यालयदेखि भारतको नर्थ बंगाल युनिभर्रिटीसम्मको पाठ्यक्रममा समावेश भएको पाइन्छ भने उनका केही कथाहरू हिन्दी अंग्रेजी, तमिल र जापानी भाषामा समेत अनुदित भएका छन् ।
युद्धका गजलहरू गजलसङ्ग्रहमा एक दृष्टि
यो गजलसङ्ग्रहका गजलकर र प्रकाशक हुन् युद्धविक्रम शाही। यो गजलसङ्ग्रह भित्र ४२ वटा गजलहरू समावेश गरिएका छन्। गजलकार युद्धविक्रम शाहीको जन्म २०२७ साल फाल्गुण १२ गते भएको र उहाँको वास्तविक नाम गणेशवहादुर शाही हो। उहाँ बुबा स्व रत्नबहादुर शाही र आमा कुसुमकला शाहीका सुपुत्र हुनुहुन्छ। शिक्षाको हकमा उहाँले वि.ए.(अधुरो) र वि.एड.अध्ययनरत हुनुहन्छ भने हालको बसाइ वीरेन्द्र नगर नगरपालिका, वडा नं.५, चिसापानी, सुर्खेतमा हो। युद्धविक्रम शाही जी एक कवि, गजलकार, समाजसेवी र राजनीतिक कर्मी हुनुहुन्छ।
