देवताले दिने गर्थे रिस उठे शाप सधैं
अवशेष अझै छ है पापाग्निको राप सधैं
आँफै साँढे भए पछि जे जे गरे हुने रैछ
भष्मासुर पछि लागे तिन्ले कस्छन् टाप सधैं
मोहनीको अवतार जव विष्णु लिने गर्छन्
त्यस पछि महादेवको हट्न जान्छ ताप सधैं
शीला पूजा गर्नै गछौ महानता ठानी ठानी
अमूक छ शीला हेर छैन वार्तालाप सधैं
मानव हाँ मानव भै हामी बाच्नु पर्छ हेर
शक्तिको नै पूजा गर्न छैन करकाप सधैं
