मोहन बिहानी
एकान्तमा उनी र म नचलेको धेरै भयो।
यो दारी त्यो गालामा नदलेको धेरै भयो।
एकान्तमा उनी र म नचलेको धेरै भयो।
भेट्न खोज्दा बाधा हाल्ने धेरै पाए मैले
समाजको कडा नजर नछलेको धेरै भयो।
नखोजेको होइन मैले बाल्नलाई प्रेम दीप
बतासले निभाई दिन्छ नबलेको धेरै भयो।
उनी बिना एक्लै बिते कैयन ति रातहरु
बिस्तारामा सँग सँगै नढलेको धेरै भयो।
प्रेमयुद्द चर्काउदैछु जवानीको मात सँगै
घमासान युद्द गर्दै नगलेको धेरै भयो ।
मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
२०७०-०७-२६ मंगलबार
मेरो जीवनको मधुमास तिमी
गजल
<><><><><><><><
अध्याँरो रातको प्रकाश तिमी
मेरो जीवनको मधुमास तिमी //१//
अनेकौ फूलहरु भएनी बागमा
सुगन्ध भित्रको सुवास तिमी //२//
घाम र जूनलाई सोध्नु पर्दैन
मेरो संसारको आकाश तिमी //३//
जीवन मृत्यू बिच संघर्ष चल्दा
जिन्दगी जिउनुको आभाष तिमी //४//
बन्धक भएन मेरो यो दुनियाँ
'बिहानी'को खास ईतिहास तिमी //५//
copyright मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
२०७०-०४-०८ मंगलबार ७ बजे बिहान
दुई मुक्तक (कसैको दिलमा—-गरिबीका पुराना )
***** मुक्तक *****
कसैको दिलमा पस्तैछु म त ।
मुटुको कुनामा बस्तैछु म त ।।
जानेर हो कि अन्जानमा सायद,
मायाको दलदलमा फस्तैछु म त ।
———————————————–
***** मुक्तक *****
गरिबीका पुराना ति दिन सम्झदैछु,
अरब आउँदा ले को ऋण सम्झदैछु।
पत्याएनन् दुइ पैसा कसैले नि मलाई,
धितो राखेको घरबारी जमिन सम्झदैछु।
Copyright@मोहन बिहानी
भक्तिपुर सात सर्लाही

यमलोक जाने गाडी रोकेर आउदैछु ,