सावनको उर्लदो भेल भो जवानी
यात्रामा छुटेको रेल भो जवानी
समाजको बन्धन सारै नै कडा
आफैलाई आज जेल भो जवानी
कागलाई जस्तै मलाई नि उस्तै
रुखमा पाकेको बेल भो जवानी
न जित मेरो भो न हार भो मेरो
डन्डी र बियोको खेल भो जवानी
भएन हिम्मत नाघ्न सीमा रेखा
न दिई परीक्षा फेल भो जवानी
copyright @ मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
२०७०-०४-७ गते सोमबार
