Skip to content

पहिले चलेको ब्यापार (चार मुक्तक)


मलाई ह्यन्डसम देख्नेको
लुकी लुकी प्रेमपत्र लेख्नेको
अझै याद आउँछ अकस्मात
देउरालीमा बाटो छेक्नेको

२०७०-०३-१८

पहिले चलेको ब्यापार देखायो
शहरको राम्रो घरबार देखायो
लुटेर सर्वस्व रित्यो बनाई ,
आखिरमा उस्ले तरबार देखायो

२०७०-०३-१७

सम्झे पुग्छ मैले माया गाँस्न नपाए नि,
तिता मिठा कुरा गर्दै हाँस्न नपाए नि
मुटुभित्र तिम्रो चित्र राखेको छु जतनले,
फ्रेममा सजाई देख्ने गरी टाँस्न नपाए नि

२०७०-०३-१६

बर्षौपछिको आज त्यो झरी याद आयो
सङ्गै रुझेको पल घरी घरी याद आयो
तप्प तप्प थोपाले निथ्रुक्क भिजेको बदनमा,
कसेको त्यो अङ्गालो सधैभरि याद आयो

२०७०-०३-०७

Copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही

htpps:www.mohanbihani.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *