Skip to content

गोरीको भन्दा नि कालीको चर्चा छ अचेल


गोरीकोभन्दा नि कालीको चर्चा छ अचेल,
ओठकोभन्दा नि लालीको चर्चा छ अचेल ।

घरकी मुर्गि दाल बराबर भन्छन सबैले,
श्रीमतीभन्दा नि सालीको चर्चा छ अचेल ।

जमाना फेरिए’सि कस्को के लाग्छ हजुर,
फूलकोभन्दा नि मालीको चर्चा छ अचेल ।

मन्दिरमा भीड देख्छु साँझपख जहिले नि,
आरतीभन्दा नि थालीको चर्चा छ अचेल ।

के भा को होला यो युवा जमातको बोलीमा,
मिठासभन्दा नि गालीको चर्चा छ अचेल ।

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०५-२१ शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *