उच्च र निचको दरार कहिलेसम्म ?
छुवाछुतको व्यवहार कहिलेसम्म ?
अख्तियारले भ्रष्टाचारीलाई खोज्दैछ
आरोपित रहन्छ फरार कहिलेसम्म ?
मृतुदण्डको फैसला नआउँदा कैदी पनि
सोच्दो हो जीवनको करार कहिलेसम्म ?
पिरतीमा घाइते भएको प्रेमी बेचैन छ
मनको घाउको उपचार कहिलेसम्म ?
तथ्य र प्रमाण सामुन्य आउनै पर्छ
झुठो त्यो खबर बारम्बार कहिलेसम्म ?
सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2070-11-08
