सायद उस्लाई नदेखेको वा नभेटेको धेरै हुनुपर्छ ।
अचानक नचिन्नुमा भुल उस्को वा मेरै हुनुपर्छ ।
याद आउछ मलाई त्यो आन्दोलनको शुरुवात,
लखेटेको दु:श्मनले उस्लाई बिहान सबेरै हुनुपर्छ ।
छापामार योद्दा बन्न प्रेरित भएको त्यसै होइन ऊ,
क्रान्तिकारीहरूलाई क्रुर सेनाले मारेरै हुनु पर्छ ।
यहाँ कैयौ शहिद भएका छन देशका खातिर,
तानाशाह बिरुद्ध छातीमा गोली थापेरै हुनु पर्छ ।
ऊ पनि होमिएको होला परिवर्तन ल्याउछु भन्दै,
सम्भबत आफ्नो सिरानीमा कात्रो राखेरै हुनु पर्छ ।
copyright © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०७-१३ बुधवार
