बर्खे झरी जस्तै झरे मेरा, आँसुहरू आँखाबाट
लडेर ढलेपछि म बाटोमा, तिमी हेर्नु टाढाबाट
बदलिएछ तिम्रो मन, बदलिएछौ तिमी पनि
फूल भए पो भन्ने थिए, के पाइन्थ्यो काँडाबाट ।
तिम्रै यादमा यो जिन्दगी, ढलाउदै छु प्रिया
बिनासिती यो मुटुलाई, जलाऊदै छु प्रिया
आफ्नो भन्नु तिमी थियौ, त्यो पनि त छैन अब
चिहान घाटमा देह-आत्मा, सेलाउदै छु प्रिया ।
नसुनाऊ भो जिन्दगीका, दुखेका ती पलका कुरा
नगर भो ! नपाउने ती, आकाशका फलका कुरा
पीडकले पीडितको कुरा बुझेको कँहा छ र अचेल
भो अब फाइदा छैन गरेर, जवाफ सवालका कुरा ।
अँधेरीमा जून बन्छु भन्थे, जूनै बन्न पाइन्न
नसा-नसा धाउला भन्थे, खुनै बन्न पाइन्न
सिउदोको त्यो सिन्दुर बनाई टल्काउली सोच्थे
हीरा-मोती बन्छु भन्थे, सूनै बन्न पाइन्न !