संसार अट्ने मुटुभित्र, मायाँ अटेन कि
भगवानभन्दा बढी तिम्रो, नाम जपेन कि
बिर्सिन सक्छु तिमीलाई, भन्दै धाक लाउथ्यौ
मेरै नामको तस्बीरको अँझै, छाँया हटेन कि
सिकाएथ्यौ यो हो माँया, भनिकन तिमीले
तिमीले भनेपछि मैले प्रेमका, ग्रन्थ रटेन कि
सिद्धिएन बैँसको ऋतु, बर्खा सिद्धिए नि
बैँसको त्यो उर्लिने भेल, अँझै घटेन कि
किन माग्छौ मेरो यो दिल, पुगेनकी अँझै
रात कटाउने त्यो साधन, अँझै पटेन कि
ध्रुब बिष्ट अतित
पाटन ०२ बैतडी
हाल : रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरा
क्रार्यक्रम सञ्चालक
