Skip to content

बादलुको घुम्टोभित्र तिमीलाई


बादलुको घुम्टोभित्र तिमीलाई, हेर्ने बानी परेको छु
तिम्रो साथ सँगै गजल, केर्ने बानी परेको छु

नजर लाग्छ भनी तिमीलाई, हजारौको माझँमा
मुटु माझँको घेरा भित्र, घेर्ने बानी परेको छु

जिद्धी गर्ने मेरो बानी, घृणा गर्छ्यौ भनिकन
जे–जे भन्छ्यौ सबैकुरा, टेर्ने बानी परेको छु

जाडोबाट बच्नु “अतित” भन्दै दे’को मफलर गिफ्ट
त्यही मफलर आजभोलि, बेर्ने बानी परेको छु ।

ध्रुब बिष्ट “अतित”, पाटन-२, बैतडी
हाल : कार्यक्रम सञ्चालक, रेडियो अमरगढी ९७.४ मेगाहर्ज डडेल्धुरामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *