Skip to content

दुई मुक्तक (यति धेरै माया तिम्रो)


१)
यति धेरै माया तिम्रो लाग्छ होला किन ?
अँझै यो मन, माया माग्छ होला किन ?
छुट्टिएसि गाह्रो हुने, भेट्टिएसि झगडा
तर पनि तिमीलाई नै डाक्छ होला किन ?

२)
आऊ प्रिया सँगै बसौ घरबार बन्नेछ
खरले छाको तिम्रो मेरो दरबार बन्ने छ
डाह गर्लान अरुहरू प्रेम देखी हामी दुईको
आफू राजा तिमी रानी र पो सरकार बन्ने छ ।

ध्रुब बिष्ट अतित, पाटन, बैतडी
हाल–रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरामा कार्यरत

Leave a Reply

Your email address will not be published. Required fields are marked *