Skip to content

म विश्वास गर्दै गए


म विश्वास गर्दै गए, तिमी शंका गर्दै गयौ
म मलिन भई चुप लागे, तिमी आँखा तर्दै गयौ

नजिकबाट नियाली हेरे, कल्पनामा तिम्रो साथ
सास–रगत ठाने तिमीलाई, तिमी अर्कैको भर पर्दै गयौ

के नै कमी गरे र बाबै, मबाट टाढै भई बस्नु परुन्जेलसम्म
नजिक–नजिक सर्दै थिएँ म, तिमी झन टाढा–टाढा सर्दै गयौ

फूल ओछ्याइ हिडाएथे, मनभरि बसाएथे
निठुरको रुप धारण गर्दै, बिषको बिउ छर्दै गयौ

किन टाढा हुन खोज्यौ तिमी, अतित आफै टाढा जादैँछ
सकारात्मक त जानेनौ कुन्नि, झनै चियो–चर्चा गर्दै गयौ ।

ध्रुब बिष्ट अतित
पाटन ०२ बैतडी
हाल–रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरामा कार्यक्रम सञ्चालक

Leave a Reply

Your email address will not be published. Required fields are marked *