जीतु खड्का गाउँले
जनआन्दोलनको घाइते मसिने दाइ
हाम्रा गाउँमा मसिने दाइ र भाउजू थिए । उनीहूरू अरु बेला खुब मिल्थे खाने बेलामा भाग नमिलेर खुब झगडा गर्थे । एक दिन यस्तैमा तिहुन भाग लाउदा सहमति नभएर मसिने दाइ वार्ता भङ भयो भन्दै उठ्न लागेको बेला क्रान्तिकारी भाउजूले दाइलाई चित्त बुझ्ने गरी तिहुनको सम्बोधन गर्न आफूले पाएको प्रतक्ष्य भागबाट मसिने दाइको चित्त बुझाउन समानुपातिकको बाटो अपनाएर तिहुन थप्ने निहुमा डाडुले बजाइछिन ।
