साँझ बिहान हर हमेसा खास बनोस् समय यो
जब देख्छ तपाईलाई उदास बनोस् समय यो ।।१।।
धेरै भाग्यौ अघि पछि दासी बनी समयको
अब हाम्रो चरणमा दास बनोस् समय यो ।।२।।
कति बाँच्नु सम्झौतामा रोइ कराई शान्ति माग्दै
नयाँ वर्षसँगै हर्षो उल्लास बनोस् समय यो ।।३।।
झण्डा बोक्ने लुटेराले साधुसम्म लुटे हिजो
चाहन्न म फेरि त्यस्तै त्रास बनोस् समय यो ।।४।।
यो जात र ऊ जातको आजै त्यागी घमण्ड यो
आऊ गरौ अंकमाल मिजास बनोस् समय यो ।।५।।
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल-साउदी अरब
