हत्या हिम्सा बलत्कार खुलेआम भो सरकार
बुद्धको यो देश किन बदनाम भो सरकार
ज्यान लिन तुल्लेकाछन् तिम्रा सुरक्षाकर्मीहरू
हेर्नुस् हाम्रो शरीरभरि निलडाम भो सरकार
कानभरी तेल हाली कतिन्जेल सुत्नुहुन्छ ?
जाग्नुहओस पिँडीभरी घामैघाम भो सरकार
कति दमन गर्नुहुन्छ ? जनताका चाहनालाई
आज फेरि सडकमा चक्काजाम भो सरकार
आँगनसँगै मुटु चिर्यौ र’पो गाउँले जुर्मुराए
प्रदेश जाने घोडा तिम्रो बेलगाम भो सरकार
जितु खड्का गाउँले
मोरङ उर्लाबारी
हाल-साउदी अरब
