Skip to content

जीतु खड्का गाउँले

मान्छेले जे बोले नि हुन्छ

एकाबिहानै चिया पिएर चुरोट पिउन नजिकैको पान पसलमा जाँदा एक दार्शनिकसँग भेट भयो । उहाँले निकै ज्ञान गुणका कुरा गर्नु भयो |मैले पनि चाख मानी मानी मौन भएर सुनिरहे |

जब साँझ पर्यो यसो अलिकति सोमरस तान्नु पर्यो भनेर साइलीको भट्टीमा च्वाँचे पोल्न लाएर टोङ्बा तानु भनेर छिरेँ!

गजल (मेरा रातहरू)

कल्पी कल्पी कल्पनामा ढल्छन मेरा रातहरू
ध्रुवतारा चम्किए झैँ बल्छन मेरा रातहरू

कोल्टे फेर्छु रातैभरि भाले बास्छ मिर्मिरेमा
सम्झनाको भुमरीमा गल्छन मेरा रातहरू

गजल( सिनो लुछ्ने गिध्द हरु )

सिरुपाते खुकुरी थ्यो टल्काएर हेरे
बीरताको गाथा फेरी झल्काएर हेरे||

घैला भित्र पानी थियो परेवा थ्यो प्यासी
आधा थियो पानी त्यँहा ढल्काएर हेरे||

दश बर्षे जनयुद्द रोकिएको बेला
आँखा भरी आँशु रैछ छल्काएर हेरे||

हत्या हिम्सा सँधै लाई बन्द गरौ भन्दै
मैले पनि शान्ती दिप सल्काएर हेरे||

संबिधान लेख भनी कुर्सी माथि राखी
सिनो लुछ्ने गिध्दहरु पल्काएर हेरे||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

दु:खमा परेथेँ

दु:खमा परेथेँ पाखुरी बजायौ
हाँसेरै रमायौ उत्सबै मनायौ

मेरो के गल्ती थ्यो गरीब हुनुमा
अशक्त ठानेर बेस्सरी सतायौ

अस्ताए हुनेथ्यो दु:खको दासता
गोधुलि साँझमा झुलुक्क उदायौ

स्वाभिमानी नेपाली म

यो देशको राष्ट्रपति सालो उस्कै अरे
यो पाली त मन्त्री हुने पालो उस्कै अरे

सुनदेखि नुनसम्म सियोदेखि दियो
के छ हाम्रो ? कात्रो बेर्ने टालो उस्कै अरे

JituKhadka-03

गजल (रोएको छ )

तिहारको रमझममा प्रबास रोएको छ
जुन तारा जग्मगाउदा आकाश रोएको छ||

एकान्तले डस्छ संधै कसरी म मनाउ
चाड पर्ब संगै हर्ष उल्लास रोएको छ||

अभाबको भुङ्रो भित्र खरानी भो रहर
आशा जल्यो खुशी मर्यो साहास रोएको छ||

टोपी किन्छु धोती फाट्छ इज्जत ढाक्नै गार्हो
साँच्चै मेरो गाँस बास कपास रोएको छ||

अनयासै आज फेरी रुदै छ यो हृदय
अली अली कहाँ हो र तमास रोएको छ||

JituKhadka-04

संघीयता आफ्नै खोज्यो

संघीयता आफ्नै खोज्यो फट्याङ्राले पनि
गुलेलीकै राज्य रोज्यो मट्याङ्राले पनि ।।१।।

पस्किएको भात सम्झी राज्य बाँढ्ने दाता
लाटो राज्य खोज्दै छ रे लट्याङ्राले पनि ।।२।।

JituKhadka-02

अतितका पानाहरू

अतितका पानाहरू पल्टाएर हेरेँ
तस्बिर त्यो मधुरो थ्यो उठाएर हेरेँ ।।१।।

बिग्रिएको बाजा रैछ जिन्दगी यो हाम्रो
निस्केन खै धुन पनि बजाएर हेरेँ ।।२।।