Skip to content

गजल (होली विशेष )


हामी बिचको सम्बन्ध यो जनम जनम रहिरहोस्
नमुना यो यस्तो होस् जो अनुपम रहिरहोस्

एकताको रंग घोली खेलौ होली सद्भभावको
संम्झनाका तरेलीमा रमझम रहिरहोस्

पानी माथि अडेको छ विश्वासमा संसार यो
चाहन्छु म हामी बिच यो सङ्गम रहिरहोस्

विश्वासले अविश्वासका खाडलहरू पुरी आऊ
नतोडियोस सहमति वाचा कसम रहिरहोस्

कामना छ गाउँलेको यो होलीको रंगसँगै
नमेटियोस ओठमा खुशी हरदम रहिरहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *