हाम्रा गाउँमा मसिने दाइ र भाउजू थिए । उनीहूरू अरु बेला खुब मिल्थे खाने बेलामा भाग नमिलेर खुब झगडा गर्थे । एक दिन यस्तैमा तिहुन भाग लाउदा सहमति नभएर मसिने दाइ वार्ता भङ भयो भन्दै उठ्न लागेको बेला क्रान्तिकारी भाउजूले दाइलाई चित्त बुझ्ने गरी तिहुनको सम्बोधन गर्न आफूले पाएको प्रतक्ष्य भागबाट मसिने दाइको चित्त बुझाउन समानुपातिकको बाटो अपनाएर तिहुन थप्ने निहुमा डाडुले बजाइछिन ।
खप्पर मै क्रान्तिकारी बुढीले सामन्ती लोग्नेलाई तीन त्रिलोक चौध भुवन बाउको बिहे आमाको बर्तमन देखाई भन्नको लाजले भात छोडेर बाटोमा जिन्दावाद मुर्दावाद नारा घन्काउन थालेछन ।
दैव सन्जोग, ६२- ६३ को आन्दोलन रहेछ । दाइले आफ्नो टाउको रक्ताम्य भएको फोटो खिचेर फेसबुक लगायत पत्रपत्रिकामा आन्दोलन गर्दा सरकारद्वरा दमन गरी प्रहरीले
खप्पर फोरेको भनेर हल्ला फिजाएछन । बुढाको पहुँच माथिसम्म नै भएको हुँदा आन्दोलनको घाइते भनेर भत्ता पनि कुम्ल्याएका थिए जमनामा ।
झन्डै बुडा समानुपातिकमा परेका थिए । देश र पार्टिको लागि योगदान गरेको भनेर देश बन्द गराउदै हिंडेपछि सडकमा टायर बालेर बाटो अबरोध गरेपछि पुलिसले खप्पर नफोरेर घैटा फोर्छ त ?
मसिनी भाउजू को जय होस् । एक डाडु हिर्काउदा अहिलेसम्म नून भुटुन चलिरहेको छ मसिने दाइको घरमा ।
