Skip to content

गजल (जारी नै छ युद्ध अँझै)


जारी नै छ युद्ध अँझै खानपानसँग मेरो
न आक्रोस छ न गुनासो भगवानसँग मेरो

टुहुराको दिन आउछ गरीबको भाग्य फिर्छ
बिमती थ्यो सुरुबाटै ती उखानसँग मेरो

ऐना सामु उभ्भिएर आफैलाई निहाल्छु म
जोडिन्छ यो नाक किन ? पहिचानसँग मेरो

चमत्कार तब मान्छु जब ढुंगो अन्न बन्छ
चुनौती छ तिम्रो झुटो त्यो विज्ञानसँग मेरो

उधारो मै चल्छ सधै ‘गाउँलेको’ जिन्दगानी
नमेटियोस कारोबार त्यो दोकानसँग मेरो

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *