Skip to content

गजल (हजारमा एक)


हजारमा एक त्यस्तो अनुपम छौ तिमी
मुटु भित्र ढुकढुकीमा हरदम छौ तिमी |१|

कसरी म बयान गरौ आदर्शता तिम्रो
आधुनिक र प्राचिनको समागम छौ तिमी|२|

तिमीसँग दाँज्छु जब फिक्का लाग्छ जून
सौन्दर्यता भरीपूर्ण मनोरम छौ तिमी|३|

जब साथ हुन्छौ तिमी यस्तो लाग्छ किन
मेरै साथ मेरै पास जनम जनम छौ तिमी|४|

यथार्थको पाटो भिन्दै कल्पनाको भिन्दै
हरपल सम्झनामा कमसेकम छौ तिमी|५|

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *