कण्ठ बढेर गयो हेर अब ताहा
ज्यामाराज अयो भन्छु नी मता
सपना देख्यो बृक्ष ढलेको
ज्यामाराजले हेर छल गरेको
बसेका हेलान भगवान कहाँ
भेट नहुने भो हेर भगवानमा
कण्ठमा भयो ज्यामाराजको आभास
यो पक्का पर्ला ज्यामारजको पास
भोको र तिर्खो बसेर यस ठाउँमा
थाहा पनि छैन त हेर त्यस ठाउँमा
न त होला खोला बगर न त होला अँध्यारो
न त होला अन्धकार होला उज्यालो
देख्ला राजा देख्ला रानी
देख्ला आगो देख्ला पानी
चौरासी जुनी देखेर यहाँ
बास पाउला स्वर्ग लोकमहाँ
भन्छु म त स्वर्ग लोकमा जानु
खान पाउँछ पाउँदैन हेर त्यसहाँ के पो खानु
के कसो हुन्छ महिना निक्ली जदा
यहाँ छैन कसैलाई धेरै दुःख पाउँदा
पहिले नै थाहा छैन उमेरमहाँ
उमेर गए पछि गयो भोजन गाउनमा
मनुष्यको जोवन हेर त्यसै गयो
बैस छँदा मदिरापानमा हुन गो
बीस वर्षसम्म तन्देरी अवस्था
चालीस वर्ष नाग्यो मनमा भो झस्का
चालीस वर्षसम्म भो बाघ र सिंह
त्यहाँबाट हुन गयो हेर लथालिङ्ग
दश वर्षसम्म बालक अवस्था
सोह्र वर्षबाट भो नारीमा मस्त
उन्नइस वर्षमा भो विवाहको झस्का
बाइस वर्षमा भयो बाल र बच्चा
चालीस वर्ष नाग्यो धनको वास्ता
कहिले पनि भ्याइएन भगवनको नाम ता
सत्य नि भन्छन बालापन जागी
अत भए अपराध भावेगी
रुखको जरोमा किरा लाग्यो पनि
यो कुरा सत्य ठान्नु मनुष्यमा पनि
सोह्र वर्षदेखि लिएर अठार वर्षसम्मै
नारीमा भुलिहाल्छ बैंस हे सम्मै
कहिले भज्नु नारायण कहिले भज्नु कृष्ण
कहिले लिनु अर्जुन नाम कलिे लिनु विष्णु
कहिले लिनु गीता भगवान कहिले लिनु राम
कहिले पुग्छ चिताएको काम कहिले पार तर्नु हाम
कहिले लाउनु सिन्दुर र टीका कहिले लाउनु माला
कहिले लाउनु चन्दन टीका जीवन यसै जाला
जानिन ज्ञान लिन ध्यान नि लिन
भविष्यमा कहाँ पुग्ला हेर यो जीवन
नाम लिनु हरिको भोजन कृष्णजीको
ज्ञान लिनु नारायनको आशिक विष्णुको
ध्यान जपो प्रभुजीको आरती मवको
आदिय जीवनको हेरर्नु आश पो
अहंकार गर्न गए रात दिनमा
यस्तामा भगवान बास पाउन कहाँ
आदित्य जीवनको नगर्नु आ
राक्षसको कोखमाहा हुन्छ क्यारे बास
आलिकति जान्ने भयो अंकारको
अरुभन्दा हेरी ल्याउँदा ऊ मात्र जान्ने भो
मै मात्र जान्ने भन्छ र मनुष्यले
यस्तै हुन्छ पृथ्वीमा अहंकारले
