Skip to content

गरिबको बिलौना


गरिब कर्म दुःखी भारी बोकी खाने
भारी बोकी उिउद वर्षा काम गरु खाने
मुर्कुचीको भारी बोकी दित्तेलमा लाने
भारी बोकी पैसा कमाई विहान बेलुका खाने

मुर्कुचीको भारी बोकी राता पानी बास
रात पानी पुग्दा खेरी झन्डै गयो सास्
खानु पर्छ फुको चिउरा खाने छैन पानी
यतिकैमा जान्छ क्यार हाम्रो जिन्दगानी

उकालीमा हिड्दा खेरी छाती चिरा पर्ने
खान छैन घरमा भने छोरा छोरी मर्ने
ताहाबाट बिहान हिड्यो गरुङधारा बास
लेखमा बास पर्यो दाउरा पानी कहाँ छ

बल्ल दिक्तेल पुग्यो तीन चार दिनमा
साहुले हेर दलवाल गर्छ जेला दिनमा
भाउले हेर डाडा काट्यो जेला भयो थोरै
गरिबको कर्म दुःखी ज्यला नभई मेर

गरिबको कस्तो रछ हारेको कर्म
एक दाना अन्न थिएन भोकले मरे घरमा
जन्मिंदामा भावीले लेखेको थियो
यो कुरा साथमा राखी यहा पुर्याई दियो

चार दिन भारी बोकी जीवन मरि मरी
साहुले भरै ज्याला दिन्छ झेल गरी गरी
सम्झिंदामा गरिबको आउछ छाती चिरी
साहुको धन सकन्दिैन कलिे पनि तिरी

भारी बोक्दा थाप्लो दुख्ने खुट्टा थला पर्ने
गरिबको छोराले पनि खानु पर्ने
कस्तो जन्म भएछ गरिबको छोरा
आँखाबाट बगिरहन्छ यो आँसुको धारा

राति सुत्दा निद्रा छैन छैन दिनमा भोक
गरिबलाई मर्न गयो अति ठुलो रोग
नखाऊ भने भोक लाग्ने खाऊ भने ऋण
यस्तो हुन्छ गरिबो कहिले आउला दिन

सबैभन्दा गरिब नेपाल राष्ट्र रहेछ
नेपालीले हेर अब विश्व राष्ट्र गएको छ
बिहान खायो बेलुका के खाऊ गरिबको घरमा
जन्मिंदामा गरिबले हारेछ कर्म
के भर्नु दिन्दगीमा कर्म रह खोटो

आज भन्यो भोलि भन्यो सुख पनि केहो
गरिब भन्ने संसारमा सारो नराम्रो
कसैगरी छुट्नेछैन गरिबको माम्लो
साहुले खाए घर बारी गरिब नाङ्गो पारी

बालबच्चा बचाउने अब कसो गरी
गैरी खेत टार बारी साहुले खाई दिए
मेरो कर्जा लिन्छु भनी साहुले हप्काई दिए

गरिबको आउने छैन कहिले पनि दिन
जता फर्कियो उतै लाग्छ गरिबलाई ऋण
गरिबको घरमा जहान अतिनै ठुलो
जन्मिंदैमा हेर अब कर्म कता भुल्यो

टारा बारी हलका गोरु साहुले लापलिप पारे
सामन्तीले गरिबलाई जोगी बनाई छाडे
ठुला खसी भैसी पनि फुकाएर लगे
घर बारी छोडिकन बनिबास भए

Leave a Reply

Your email address will not be published. Required fields are marked *