फूलको कोपिला भो फर्किन सकिन
यो मनको भावना पुरा हुन सकेन
सारा सांसर बादल भयो बादल फाट्न सकेन
यो मनको भावना यहाँ पुरा हुन सकेन
सारा उडायो हावाले फूलको कोपिलामा
यो हावा रोकिएला अब त गएर कहाँ
यो सारा हावाले गर्न समेत गर्न आज गर्यो
यो फूलको कोपिलामै कठैबरा भुईँमा झर्ने भयो
कठैवरा कोपिला भूईँमा नझारी आज देऊ
सारा मनका भावना तिमीले पुरा गराई देऊ
यी सारा समय बिते तिमीलाई आज पर्खिदा
सारा तहस नहस भयो कोपिला तिम्रो आश गर्दा
सूर्यमा नओइलाउ तिमी चहक भएर बस
कति मिठो हुन्थ्यो होला फूलि दिए त रस
मलाई आश छ तिम्रो फूलि दिन्छौ कि भन्ने
नढाट आज तिमीले हुन्छ मात्र मलाई भनी
अकासको बादल झट्ट हटाई तिमी बसन
यो सारा जिन्दगीको वेदना मैले विर्सन सकिन
आकासमा चट्टयाङ पर्छ जीव जन्तु मर्छ
यो हावा हुरीले यहाँ हेर के के गर्छ
यो समयको फल यहाँ रति पनि चाख्न पाइएन
यो मनको भावना आज यहाँ पुरा गर्न पाइएन
हावा भएर नजाऊ जल भएर यहाँ नवग
यो सारा मानवमा तिमी त अटल भएर बस
उडदो छ हावा बग्दो छ भेल उल्टो आज उभोँ
यो मनको वेदनामा मत बस्दैछु आज रुँदै
कसो गरेर आयो हावा आज हेर थाहाँ छैन ममा
फूलको कोपिला झर्न खोजेको देख्छु आज म यहाँ
फूल भुईँमा झर्यो यदि भने सारा अँध्यारो होला
यो मनको आशा यहाँ कसरी पुरा होला
फूल फूलोस धरतीमा नओलाओस कहिले
यो राख्नुहोस आज होस पुर्याएर पहिले
लेख ब. कार्की
त्रि.न.पा १२ कौवाइ
