Skip to content

नेपालको शान्ति


छयालिस सालको कानून खारेज जनताले गराई
नेपालमा शान्ति भयो चुनापमा आई
कोही भए माओवादीका कोही काँग्रेसका
कोही भए एमालेका कोही फोरमका

नेताहरू वार्ता गर्न एकै ठाउमा बस्नु
कस्तो कस्तो कानून बन्छ मनमा कुरा रच्नु
जान्ने जान्ने नेता जाने कानून बनाउन
कानून राम्रो बनाइकन जनता राम्रो मनाउन

एकतान्त्रीय कानून होला नेपालमा भरै
यस्तो कानून भयो भने टिक्ने छैन भरै
संविधान बन्नु पर्छ नेताहरू मिली
एकतन्त्रीय भयो भनेपछि जाला बिली

गरिब जनता उभो लाग्ने कानून बनाउन
दलित जाति सबैलाई संविधानमा बोलाउन
पार्टीको बिरोध गरी नेता किन हिड्छौ
आफ्नो खुट्टामा हिंड किन खुट्टा गिड्छौ

दलित जाति छन नेपालमा पनि
संविधान बन्नु पर्छ सबैको हितमा पनि
छयालिस सालबाट नेपाल पनि दिगो छैन
माओवादीमा भोट पनि नगएको होइन

माओवादीमा जनता पनि हेर धेरै थिए
देश शान्त पार्छन भनी भो पनि दिए
संविधान बनाउन भयो हेर बेर
नेता बाज बाज हेर भएर

नियम छैन कानून छैन नेपालमा पनि
समय बितिसक्यो यसो गर्दा पनि
आज बन्यो भोलि फेर्ने कानून पनि होइन
यस्तो कानून बन्यो भने टिक्ने पनि छैन

के गर्नु दाजुभाइ कर्म अभागी
नेपाली दाजुभाइको कर्म गयो भागी
जनजाति भाषाभाषी हेर सबमा
संविधान बन्नु पर्छ सबैको हितमा

नेपालमा जाजाति भाको हेर ठाउ
केही बेर लाग्ने छैन संविधान जानूमा
अघि पँञ्चे कालमा एक तन्त्रीय थियो
छयालिस सालको कानूनलाई पत्ताल पुयाई दियो

गरिब जनतालाई त्यहाँ पशु सरी गन्थ्यो
पँञ्चाएतमा जानु पर्दा मरे जस्तो हुन्थ्यो
सबैभन्दा दलितमा आपत
बाटो माथि लाग्यो भने खानु पर्थ्यो झापत

पँञ्चे कालमा गरिबले बोल्न पाउदैन थियो
अडडामा गई बोल्यो भने मान हानि भो भन्थे
मान हानि मात्र होइन लगी थुनि दिन्थे
अडडामा पँञ्चेको बोली मात्र सुन्थ्यो

छयालिस सालभन्दा अघि दलितहरूमा
आपत पर्थ्यो त्यति खेर ज्यान जोगाउनमा
छयालिस सालमा जनताले पन्चे काल मासे
ताहाबाट गरिब दलित खुसी भएर हाँसे

सारो गरी दुख पाए गरिबले पनि
शामन्तीले खाइ दिए मेरो धन भनी
दलितमा परियारहरू हेपासीमा पर्ने
तल माथि बोल्यो भने कुटाइ खाइ पर्ने

जागौ अब दलिहरू यस देशमा
आफ्नो हक खोज्नु पर्छ यो नेपालमा
जागौ अब दलित हो सियो धागो बोकी
दलित जाति जाग्यो भने हक पाउने हो कि

छयालिस सालबाट यता अधिकारमा
खोज्न थाले आफ्नो हक हेर अब यहा
जनजाति भाषा भाषी भएको यो देशमा
एक जुट लाग्नु पर्छ हेर अब ताहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *