Skip to content


उदयपुरको ठुलो लेख चित्रेथाम पो
त्यस ठाउँमा अन्न फल्छ आलु मकै पो
त्यस ठाउँमा सुरुबुरु र तिते फापर
गारो लाको पनि बन्यो त्यस ठाउँमा घर

घास पनि काट्छन खाली हेर खर्सेको
बतासको पनि हेर ढोका पर्छ त्यो
त्यस ठाउँमा बादलुले नढाकेको होइन
त्यस ठाउँमा बतास पनि नचलेको होइन

जता हेर्यो रमणीय डाडाँ पाखा चौरी
त्यस ठाउँमा मान्छे हिन्छन बखें जाकेट भिरी
हिउँद वर्षा बखे जाकेट पनि छोड्ने होइनन
बखे जाकेट छोडे भने बाँच्ने पनि होइनन

त्यस ठाउँमा जाडो माझखर्क दोबाटे
भाले बासको जाडोले झण्डै सास गाको
माझखर्क हेर्दा खेरी पश्चिम ढल्लेको
बतास चल्न त्यस ठाउँमा कति पल्केको

ढोबाटेमा हेरी ल्याउदा दुईपट्टि थुम्का
माझबाट छिरी आउछ बतासको मुल्का
योभन्दा लेख छैन उदयपुरमा
सबै ठाउँमा त्यस्तो भए मान्छे बस्थे कहाँ

जिरेबाट हेरी ल्याउदा बाराहा गाउ सम्मै
यिनिहरू लेख भए हेर अब जम्मै
चित्रेथाममा घास हुन्छ खाली खर्सेको
भुईं घद्दास पनि हुन्छ खाली बंसेलुको

लेखका डाडा पाखा खली खुइले चौरी
ठाउँ ठाउँमा जेखिन्छ है घङरुको सौली
डाडा र पाखा रमणिय ठाउँमा
चित्रेथाम चल्यो हेर कत्रो ठुलो नाम

लेख र लेखमा अग्लो थुम्का नि छ
त्यस ठाउँमा हेर्दा संसारै देखिन्छ
थुम्का थुम्का देखिन्छ पहाडको गाउमा
सब कोही पुग्दैनन हेर त्यस ठाउँमा

चित्रेथाम र रौता बराबर यी लेख
चित्रेथाम र रौतामा केही छैन फेर
रौता र चितुम्पा जाडो तानातान
रौता र चिुम्पा गोली हानाहान

चारपटि बसी पर्छ माझमा लेख
रौता र चितुम्पामा पर्दैन फेर
कोही गल्ती भएमा गल्ती माझ पाउ
रौता महारानीको शरण पर्न पाउ

कल्याण गरुन रौता रानीनले मलाई
जय जय मनाई आए रौता रानीलाई
विद्या र ज्ञान माग्छु रौता रानीसित
म ता सधैं बस्न रानी तिमीसित

विद्या र बुद्धि देऊ सरस्वती देवी
विद्या र बुद्धि हेर तिमी भएकी
सासरा सांसारमा तिमी नै हौ देवी
राष्ट्रैमा संरक्षण गरिदेऊ देवी
 
बादलु भित्र भित्रै धुमियो जीवनी
बन र पाखा हेर पयनि हामी घुमियो
अन्धकार भयो हेर त्यस बेलामा
धर्ती फुटेको पनि आज देखा पर्यो ताहा

रात र दिन एउटा ताहाँ हुन गयो
छैन सूर्य जस्तै दिन पनि ता हुन गयो
देखिँदैनन नेत्र हेर आज बीचित्र भयो
यो हृदय अभिलाषा पनि उडेर गयो

शान्ति अएन मनमा यसै बेलामा
अन्धकार हुन गयो हेर त्यसै बेलामा
बादलमै उडी गयो होस चेत पनि
नशा नशास खेली सक्यो अब शरिरमा पनि

चल्यो बतास हुरी त्यसै बेलमा
यहाँ छैन हेर त्यसै बेलामा
चारै पटि त अँध्यारो निराश भयो
मनको पनि आशा उढेर गयो

केही पनि छैतन यसै भूमिमाहा
जलै सरी भएछ यसै जीवनमा
उगारु आँखा बदालुले ढाकेको
यो जल पनि हेर पोखि आटेको

नजर घुमाउ घुम्दैन हेर कही
त्यति खेर सायता पनि पाइँदैन कही
जीवन लाटो हुन गयो यहाँ छैन केही
फर्किउ भन्यो जीवन फर्किँदैन त्यही

होसै हरायो केही छैन यहाँ
दिन्छ खाली यहा एउटै अभास
कस्तो यो भूल भयो आज मलाई
हृदय जलाई सक्यो लौन आज मलाई

स्याल जस्तो आउछ मलाई आज तान्न
एकहोरो हुन्छ हेर आज मलाई किन
जता पनि बादलु मात्र देखिन्छ
बोलु भन्यो बोली भित्र भित्रै हुन्छ

आउछन् कति कसिमका आज अगाडि
लान नै खोज्छ फलामले वादी
यस्तो यो आपत कहिले थिएन
सांङलालो बाध्यो उम्कन दिएन

सपनीमा थियो तारा खसेको
एक्ला जीवान बादलुमा बसेको
देखिन्थ्ये सपनीमा दाउरा काटेको
सुकिलो लुगा घर च्यातेको

रात र दिन कोशी र जल
पाएर मैले आज यही फल
सपनीको र्दीक्षे पाएर हेर यहा
पुगेछु आज मता हेर कस्तो थलामा

जिल्ला मेरो उदयपुर सगरमाथा अञ्चल
जीवन मेरो कविता लेख्ने मन मेरो चंन्चल
त्रियुगा नगरपालिका कौवाई मेरो घर
जीवन मेरो दुःखी छ पर्छु अर्काकै भर

Leave a Reply

Your email address will not be published. Required fields are marked *