नारायण पोखरेल
अभिभुत छु
उघारेर पर्दा हेर्न खोजेछु तिमीलाई
मेरो चन्द्र लाई
मेरो सहारलाई
मेरो किनारालाई
चहक आँखामा परेर आँखा निस्तब्ध छ
मन सुन्य छ
कता छु म भ्रमित भइ रहेछु
तिम्रो जिस्मानी गन्ध्ले आन्दोलित छु
शरीरका पुर्जा पुर्जा उन्मादमा उद्गेलित छन
संयम तोडदै बाँध भत्काइ रहेछन
बाँधियर अंगालोमा स्वर्णिम आनन्द मा निर्लिप्त स्वर वीहिन
निस्चल गती हीन
आत्मा प्रोज्वलित भय झैं
लालित्यको पुन्ज मा समाहित छु म
भो न चलाउ
म निश्चल अभिभुत छु म
बातावरणिय पिडा
हिडेका यी पाइलहरु
डोब बसेका छन
तप्त घाम्मा आँखाका पसीना पुछियका छन
मर्न अब पर्खन पर्दैन
मृत्यु बोलाउदै छन
बात्वर्णिय पिडाले
आयु छोटाउदै छन
मन्का उदगार रहित धुलो र धुँवाले
यो मृत्युको शहर
भानुभकत्त्को ऋड०गार छोटाऊदै छ
आयु खोटाऊदैछ
असहज बोकेर थलियको छ
यहाँका नेता बहुरिन न सकेर
खाई भट्टीमा लडेका छन
ब्यभिचार पाखण्ड्मा अल्झियार चिच्याइ रहेछन
छत बीक्षत पारेर देश
मराणसन छन
वृद्ध झैं ती मराणासन्न छन
२०७५ देऊसी भैलो
सुन डकारे
ठेक्दार डकारे
सिन्डीकेट डकारे हे
उखान टुक्का भोट संगाली
देश डकारे हे
पारे नाक पचाहत्तरको
शैली सुन्य काम को
न टेर्नी भय ज्यामी
सेवक
जहज डकारे हे
बन्स को पिटाइ झ्याली बालुवाटार भाँडे हे
सर्बोच्चमा धोती फेराइ
बिरालो डाके हे
खेदेउँ देउवा कानुन नासक
खेद ओलि हे
काम लाई जागीर
ठेक्का होइन
भोट फिर्त आज तिमी माग हे
यी अत्याचारी
भ्रष्टाचारी
बलत्कारी का पोषक हे
ढाल्न अब
बाली राँको आज यीन्लाई झम्ट हे
पोल यीन्लाई
झोस यीन्लाई
गाउ गाउ खोच पाखा समतल हे
बनाई नागो ठोकी कोर्रा
अब ठिक गराउ हे
हाम्रा रगत पसीना ती
तप्त घाम्का कमाई
प्रेम को के आधार
आधार के यो प्यारको
आन्खा हो कि रुप तिम्रो
कि यो धुक धुकी
यो हाम्रो प्राण को
प्रेम भनेउ भेटेओं
बानी परेछ हाम्रो
चाह बढ्यो शरीरको
हो र के प्रेम त्यो हाम्रो
नश्वर शरीर यो प्रेम अढाउने
हुन्छ र आधार
आसक्त्ती नै हो कि
प्रेम को नव सार
ब्यर्थ किन तडप
भौतिक चाह नै भयो
हो र त्यो प्रेम
बितिष्णा न भइ त्यो बढ्यो